तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

रास्ट्रवाद :- शम्भुप्रसाद गजुरेल

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ बैशाख ७ गते, शनिबार १६:२३

बैशाख ७ काठमाडौ ।बहुल जाती बहुभाषिक धर्म निरपेक्ष राष्ट्र नेपाल, राष्ट्र भनेका यो नेपाल मा बस्ने जनता भनेर संविधान ले भनेको छ! जनताको अधिकार संरक्षण गर्नु नै राष्ट्र संरक्षण गर्नु हो संविधान को भावना अनुसार! अन्धो नारा फलाकेर देशको संविधान ले दिएको अधिकार का प्रतिरुप जलाउदै हिड्ने हरुले राष्ट्रियता सिकाएको देख्दा अचम्म लाग्छ! कमसेकम संविधान लाई संम्मान गर! हामी ३ करोड नेपाली को देश हो यो एक जना को मात्रै होइन अनि १००० जनाको मात्रै पनि होइन!
धार्मिक भाषिक अनि वार्णिक अब एव मा बिषय लाई दिशान्तरित गरेर नेपाल राष्ट्रको मौलिक हक लाई कुण्ठित गर्ने षड्यन्त्र डरलाग्दो षड्यन्त्र हो! याहा पिउने पानि, जिउने पिठो, शिक्षा ,औसधि यातायात , सुरक्षा को अभावमा राष्ट्र कापिरहेको छ! शताब्दी देखिको क्रान्ति बाट राष्ट्र ले के पायो?? केही पाएन पायो त खाली राजा भार्दार, अनि नेता, र नेता का चम्चा हरुले पाए, मनग्य राष्ट्र वाद उराल्ने हरु सग बिदेशी नागरिकता भेटिन्छ, होइन भने भ्रष्ट जिवनको अवकाश पछि को नयाँ अवसर को रुपमा उपयोग गर्ने नया हत्कन्डा बाहेक केही देखिदैन! शताब्दी औ रास्ट्र माथी शासन गर्ने शासक का चेला चपाटा हरु होउन वा,अनेकौं बाहाना मा आन्दोलन गरेर राष्ट्र को कयौ पिढी लाई बिनास गर्ने प्रगतिशील क्रान्तिकारी भनाउदा हरु ले आफ्नो डि एन ए मिल्ने सम्मको मात्र उत्थान गरेका छन!
सदियौ पुरानो भाइचारा लाई उदन्ड स्वार्थ ले उरालेर जातीय उन्माद मा बदल्न नखोजेको पनि होइन, धार्मिक रुपमा बिभाजन गर्ने कुरुप भारतिय राजनीतिक संस्कार भित्र्याउन तल्लिन एक जमात आफू मात्रै राष्ट्र भक्त भएको ढोल बजाउदै छ! च्याउ झै बनेका सामाजिक संजाल का बहिरा कर्णप्रसाद हरु , अन्धा नेत्र लाल हरु,सुकुम्बासी धनबहादुर हरु छद्म नामको आवरण मा जंगे को हुकुम प्रमाङ्गी झै प्रमाणपत्र बाड्न उद्दत देखिँदा साच्चै हाम्रो राष्ट्र संकट मा परेको आभास हुन्छ!

जातिय उन्माद उराल्ने तत्कालिन माओवादी , जस्को जोत उस्को पोत वाला एमाले, वि पि को समाजवाद बेच्ने काङ्ग्रेस, के कसैले राष्ट्र को चिन्ता गर्‍यो? राजदरबार भित्रका बिकृती हरु अदृश्य हुन्थे तर पौराणिक कथा का तेत्तीस कोटि देवता का मालिक मानिएका बिष्णु को स्थान मा गनिएका राजा अनि उनैका ज्वाइँ साथै ससुराली राणा हरु कसैले राष्ट्र को उन्नति चाहेको पाइदैन। देशको प्रधानमन्त्री ले आफू चढेको हेलिकप्टर मा एउटि महिला लाई अस्पताल पुर्‍याएको गुणगान मा चुनाव जिताइन्छ, सिडियो सग अश्लील कुरा गर्न सक्ने लाई रा.प.स. बनाइन्छ,जस्ले जति धेरै राष्ट्र लाई भुल्याउन सक्यो बरबाद को बाटोमा डोर्‍याउन सक्यो त्यो नै उत्तम ठहरिएको छ!
जात पात र भाषा धर्म को चपेटामा नपरी बिशुद्द मानव भएर बसेका नेपाली हरुको शान्ति सरोवरमा मनुस्मृती का अन्ध समर्थक हरु ले बिभाजन गर्ने स्पष्ट योजना अनुसार बर्बराउदै हिडेका छन, उनिहरु स्वयं लाई पुर्ण राष्ट्र भएको घोषणा गर्दछन,तर हिजो सत्तामा बसेर वा उच्च ओहोदामा पिङ खेलेका हुटिट्याउ हरु जीवन को उतरार्ध मा एनकेन प्रकारेण राष्ट्र को गिदि मा आधिपत्य जमाउन कोशिश गर्दैछन!

समग्रमा दरवारको शक्ति को होडबाजी मा शुरु भएको जनहत्या अनेकौ चरण पार गर्दै जनयुद्ध नामको अन्धकार सम्म आयो कयौ कालरात्री ले अनेकौ बलिदान माग्यो नेपाल राष्ट्र ले सह्यो एकोहोरो हेरेर। तर आज सम्म यो देशमा राष्ट्र वाद वा अन्य जुनसुकै नारा फलाके पनि अन्तिम उध्यस्य केवल सत्ता प्राप्ति मात्र हो भन्ने प्रमाण एथेस्ट छन।
अत: यो नेपाल कोहि एकजना को होइन हामी ३ करोड नेपाली हरु को साझा घर हो तसर्थ यो घर भित्रको राष्ट्र ले गरिबी, अशिक्षा, बेरोजगारी ,रोग बाट मुक्ति पाउनु पर्छ अनि मात्र हामी सच्चा राष्ट्रवादी ठहरिने छौ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु