दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

योजनाबद्ध विकासले मात्रै देशले समृद्धि हासिल गर्छ : पूर्व मन्त्री भुसाल

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ बैशाख ८ गते, आईतवार १५:०२

ललितपुर, ७ बैशाख -पूर्व मन्त्री, सांसद तथा नेकपाकी प्रभावशाली नेतृ पम्फा भुषालले योजनाबद्ध विकासबाट मात्रै देशले समृद्धि हासिल गर्ने बताएकी छन् । ललितपुर महानगरपालिका ०५ नम्बर वडाद्वारा शनिबार आयोजित शुभकामना आदान प्रदान तथा सार्वजनिक सुनुवाई कार्यक्रम माझ नेतृ भुषालले उक्त धारणा राखेकी हुन । नेतृ भुषालले कार्यक्रम माझ बोल्ने क्रममा आउदो आर्थिक बर्षमा लगनखेल स्थित पोखरी पुनर्निर्माणमा सांसद कोष मार्फत सहयोग गर्ने प्रतिबद्धता समेत जनाईन् । त्यसैगरि कार्यक्रम माझ प्रदेश सांसद राजकाजी महर्जनले पोखरी पुनर्निर्माणमा कोषमार्फत पचास लाख सहयोग गर्ने घोषणा गरेको जानकारी गराईइको थियो ।
कार्यक्रममा पूर्व मन्त्री सुशिला नेपालले ललितपुर महानगरपालिका ०५ नम्बर वडाले नमुनायोग्य कार्य गर्दै आएको बताउदै वडामा देखिने समस्यालाई निकास दिन वडा कार्यालय सफल हुने विश्वास ब्यक्त गरिन ।

त्यसैगरि सभापतिको आसनबाट कार्यक्रम माझ बोल्दै ललितपुर ०५ नम्वर वडाका अध्यक्ष विकासमान श्रेष्ठले वडाले विकास निर्माण, सामाजिक विकास जस्ता जनमुखी कार्यक्रमलाई प्राथमिकतामा राख्दै आएको बताए ।

कार्यक्रममा नेपाली कांग्रेसका वडा ईकाई अध्यक्ष सानुलाल श्रेष्ठले दलगत स्वार्थ भन्दा गुण र दोषका आधारमा कामको मुल्यांकन हुनुपर्ने बताउदै ललितपुर ०५ नम्वर वडाले राम्रो काम गर्दै आएको बताएका थिए ।

कार्यक्रममाझ वडा सदस्यहरु अशोक श्रेष्ठ, शोभादेबी प्रधान श्रेष्ठ, मैया रिजाल र पुनम निरौलाले वडा कार्यालयबाट जनताका काम छिटो छरितो र प्रभावकारी तवरले सम्पन्न गर्न
जनप्रतिनिधीका हैसियतले आफूहरु प्रतिबद्ध रहेको बताए ।

सोही कार्यक्रम माझबाट पूर्वमन्त्रीद्धय पम्फा भुषाल, शुशिला नेपाल र प्रदेश सांसद राजकाजी श्रेष्ठले वडाको श्वेत पत्र एबम् पात्रोको अनावरण गरेका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु