नवीन सम्मानितचाँदबागको दुवै टोली क्वाटरफाइनलमापिस प्वाइन्ट कप शुक्रबारदेखिलोयल्टी र काभ्या क्वाटरफाइनलमाप्रथम चावहिल ‘जुत्ताचप्पल व्यापार मेलामा भिड बढ्दो, उद्योगीद्वारा उपभोक्तालाइ सिधै छुटको आकर्षणमध्यपहाडी लोकमार्ग निर्माणमा ढिलाइबारे बाबुरामले गरे प्रमुखसँगै कुरामहामन्त्री थापाको प्रस्ताव ः सुशासनलाई मुलमन्त्र बनाई जनताका मुद्दासँग निरन्तर जोडिनेछौंआज फाल्गुण ९ गते बुधबार : कस्तो छ तपाईंको आजको दिन ? हेर्नुस् राशिफलमेयर कप राष्ट्रिय फुलकन्ट्याक्ट कराते प्रतियोगिता २०८० सम्पन्नसिद्ध गुफामा डा. उपाध्यायको पुस्तक लोकार्पणसँगै एल्वम विमोचन

डीटीएम–२०१९को जनसम्पर्क संयोजकमा रविन प्रसाद थपलिया मनोनित

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ बैशाख ९ गते, सोमबार १६:३२

काठमाडौं, ९ बैशाख २०७६ । शिवपुरी मिडिया नेटवर्कका अध्यक्ष रविन प्रसाद थपलियालाई आन्तरिक पर्यटन मेला (डीटीएम–२०१९)को जनसम्पर्क संयोजकमा मनोनित गरिएको छ । गन्तव्य नेपाल इभेन्ट म्यानेजमेन्टले निजी क्षेत्रबाट नेपालमा पहिलो चोटी यही बैशाख १३ र १४ गते भृकुटीमण्डपमा आयोजना गर्न लागेको डीटीएमका लागि थपलियालाई जनसम्पर्क संयोजकमा मनोनित गरिएको हो ।

सोमबार गन्तव्य नेपालको सचिवालयमा गन्तव्य नेपाल इभेन्ट म्यानेजमेन्टका अध्यक्ष शिव अधिकारी (अविरल) र कार्यक्रम संयोजक माधवप्रकाश सुवेदीले उहाँलाई जनसम्पर्क संयोजकको पत्र हस्तान्तरण गर्नुभयो ।

मेलालाई सफल पार्नका लागि पत्रकार थपलियाको महत्वपूर्ण भूमिकाको मुल्यांकन गर्दै जनसम्पर्क समितिको संयोजकमा मनोनित गरिएको गन्तव्य नेपाल इभेन्ट म्यानेजमेन्टका अध्यक्ष अविरलले बताउनुभएको छ ।

७७ वटै जिल्लाका करिब १ सय ५० भन्दा बढि व्यवसायिक स्टल रहने डीटीएममा २ लाख भन्दा बढिले सहभागिता जनाउने अपेक्षा आयोजकको छ ।

विगत दुई दशकदेखि निरन्तर पत्रकारितामा क्रियाशिल थपलियाले शिवपुरी मिडिया नेटवर्कमार्फत सञ्चालित सगरमाथापोष्ट डट कम, अग्नीवान पाक्षिक, काठमाडौं खबर साप्ताहिकलगायतमा सम्पादकको भूमिका निर्वाह गर्दै आउनुभएको छ । पत्रकारिताको अलावा उहाँ समाजसेवामासमेत क्रियाशिल हुनुहुन्छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु