गैर आवासीय नेपाली संघ ले भूकम्पले विनाश गरेको गोरखा जिल्लास्थित लाप्राक एकीकृत नमूना बस्तीको निर्माण अन्तिम चरणमा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ बैशाख १० गते, मंगलवार ०८:३७

काठमाडौं, ९ बैशाख । गैर आवासीय नेपाली संघ (एनआरएनए) ले भूकम्पले विनाश गरेको गोरखा जिल्लास्थित लाप्राक एकीकृत नमूना बस्तीको निर्माण अन्तिम चरणमा पुगेको बताएको छ । एनआरएनका अधयक्ष भवन भट्टले विभिन्न अवरोधकाबीच लाप्राक नमुना बस्ती सबैको सहयोगमा निर्माणको अन्तिम चरणमा पुगेको बताए । ‘नाकाबन्दी, वर्षा तथा विभिन्न प्राकृतिक र प्राविधिक समस्याका कारण केही समय ढिलो भएपनि लाप्राक नमूना बस्ती अहिले तयार हुनै लागेको छ । यो बस्ती निर्माणमा अहोरात्र खटिएका नेपाली सेना, स्वंयसेवकहरु, विभिन्न सहयोगी, स्थानीयलगायत सबैमा हार्दिक धन्यवाद ज्ञापन गर्दछौं’, भट्टले भने ।

एनआरएनएले करीब ४ वर्षअघि गएको भूकम्पको केन्द्रविन्दु लाप्राकका भूकम्प पीडितहरूका लागि ५ सय ७३ वटा घर निर्माण गरिरहेको छ । एनआरएनएको पहलमा निर्माण भएको यो बस्ती नेपालकै नमूना बस्ती हुने भनिएको छ । निर्माणको अन्तिम चरणमा रहेको नमूना बस्ती कस्तो देखिन्छ त । आउनुहोस हेरौं तस्बिरमा :

तस्वीर : कृष्ण घिमिरे

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु