• प्यासिफिक हस्पिटलिटी एण्ड कुलिनेरी एकेडेमी प्रंगाणमा बैशाख १४ गते शनिबार बाट अर्गानिक उत्पादनको बिक्री वितरण हुदै

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १० बैशाख २०७६, मंगलवार २१:२१

    बैशाख १० काठमाडौं । – नेपाल अधिराज्य भरका उत्पादन भएका जैविक तथा विषादीरहित तरकारी र किसानद्वारा उत्पादित खाद्यवस्तुहरूको स्टल शुरु हुने भएको छ । मैतिदेवीमा अवस्थित प्यासिफिक हस्पिटलिटी एण्ड कुलिनेरी एकेडेमी प्रंगाणमा बैशाख १४गते शनिबारदेखि हरेक शनिबार बिहान ८ बजे देखि २ बजे सम्म स्टल राखि अर्गानिक उत्पादनको बिक्री वितरण सुरु हुन लागेको हो । भएको छ।

    स्टलमा बेकरीका परिकारहरू बिभिन्न तरकारी, हरियो सागपात, फलफूल जुस, डेरीका परिकार ,नेपाली कफि, हुम्लाको सिमीको दाल, मार्सी चामल, लोकल अन्डा ,बिभिन्न नेपाली अचारहरू,सिस्नो पाउडर, हिमाली जडिबुटिहरु, जिम्बु, जौको,टिमुर सातु,मह, कोदोको पिठो, फापरको पिठो, मकैको पिठो, ग्रीन टी, हर्वल टी ,लगाएतका नेपाली भान्सामा प्रयोग हुने बस्तुहरूका साथै फूल सहितको गमला सुपथ मुल्यमा बिक्री गरिने बताईएको छ ।

    किसानलाई प्रोत्साहित दिलाउने तथा होटल, रेस्टुरेन्ट ,रिसोर्ट र घरभान्सामा अर्गानिक परिकार प्रयोग गराउने उद्देश्यले स्टल राखिएको एकेडेमीले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु