
-लोक कृष्ण भट्टराई
१. विषय प्रवेश :
नेपाल राष्ट्र मानव सभ्यताको मुहान हो भन्ने कुरा क्रमशः विश्वका बुद्धिजिवीले आत्मासाथ गर्दै आएका छन् । संसारको सबैभन्दा पुरानो सभ्यता शिव सभ्यताको भन्ने कुरा पश्चिम र पूर्वका सबै विद्वानहरुले स्वीकार गरि सकेका छन् । प्लेटो, एरिस्टोटल जस्ता ग्रिक दार्शनिक र विसौं शताब्दी वा उन्नाइसौं शताब्दीको अन्त्य बिसौं शताब्दीको शुरुवातमा आएका जीनज्याकरुसो, सिस्मोन्डी, प्लेटो जस्ता लोकतान्त्रिक काल्पनिक समाजवादी वा डेभिड रिकार्डो, इरिक रोल, डब्लु–डब्लु–रस्टो ९ध।ध।च्बकतयध० जस्ता अर्थशास्त्री वा सामाजिक मानवशास्त्रीले पनि हिमालय रेन्ज नेपाल, मानव सभ्यताको उदगम थलो भनेर स्विकार गरेका छन् । स्वयं नेपालका पुर्खाहरु आज भन्दा २०–२१ हजार वर्ष पहिले यो माटोमा हुर्किएको शिव सभ्यता होस, त्यस पछिको रामायण सभ्यता, महाभारत सभ्यता, बुद्ध सभ्यता समेत नेपाली सभ्यताका रुप हुन भन्ने कुरा प्रमाणित भई सकेको छन । यमुना नदीको सिमानासम्म हिमालयन सभ्यताले राज गरेको र त्यो भन्दा पारी दक्षिण–पश्चिम भारत, इरान–मध्यपूर्व, टर्की र वुकेसिया सम्म शिव सभ्यताले साँस्कृतिक साम्राज्य खडा गरेको थियो भन्ने कुरामा पनि अव विश्वमा दुई मत छैन । शिव सभ्यताको सर्जक को थिए त भन्ने जिज्ञासा शान्त पार्न जरुरी छ ।
२. शिव सभ्यताका पवर्तक को ?
शिव सभ्यताको प्रवर्तक पशुपालन युग र खेतीको युगमा जन्मेका नेपाली माटोका अव्वल किराती शिव थिए । अर्थात यिनलाई महादेव पनि भनिन्छ । यिनले मानवले आगो पानी हावा जस्ता प्रकृतिका जीवनलाई चहिने चीजलाई चिने पछि मानव समाजलाई अझ चेतनशिल बनाउन अनुशासनको नियम राख्ने अब्बल दर्जाका बुद्धिजिवी थिए भन्न सकिन्छ । यिनले उत्पादन र वितरण न्यायोचित गर्ने र प्रकृतिका चराचर चीज जमिन, पानी, हावा, बनस्पती यी सब मानव जाती सबैका बराबरी सम्पत्ति हुन र बराबरी उत्पादित वस्तुको वितरण हुन पर्दछ भन्ने सिद्धान्त प्रतिपादन गरे । यिनले उत्पादन गर्ने र जमिन लगायत उत्पदानका साधनहरु मानवका साझा सम्पत्ति हुन भनेका छन । माक्र्सले यहि सिद्धान्त बोकेका हुन् उनले अल्प रुपमा पूर्वीय सभ्यता शिव देखि बुद्ध सम्म पढे र भने सनातन संस्कृति कृश्चियन पादरीको संस्कृति भन्दा प्रगतिशिल छ । चर्चका पादरीले जस्तो मानिसलाई गोरु जस्तो गाढा तान्न सनातन संस्कृतिले लगाएको छैन । अव नेपालमा माक्र्सको विचार लिएका स्वघोषित मानिसहरु चुनाव जितेर सत्तामा छन तर शिव वा माक्र्सको विचार अनुसार काम नगरेर निजी पूँजि कमाउन र मानवले मानव माथि गरेको शोषणलाई झन बढी कायम राख्न तल्लिन छन् । शिव सभ्यतका प्रवर्तक शिव हुन् ।
३. शिव सभ्यताको विकास :
शिव सभ्यताको विकासलाई त्यस बेलाका नेपाली माटोका मानिसहरु विराटनगरका विराट, बराह क्षेत्रका विश्वमित्र, नवलपरासीका बाल्मिकी तनहुका वेदव्यास, नुवाकोट र रसुवाका मृगु, वृहस्पती, वशिष्ठ र आधुनिककाल २६०० वर्षका परिधिका गौतम बुद्ध आदिले प्रचार गरे र विश्वव्यापी बनाए ।
४. रामायण सभ्याता र महाभारत सभ्यता पनि शिव सभ्यताकै विकास को रुपमा :
बुद्ध सभ्यता पनि शिव सभ्यताकै रुप हो । जसले मानव माथि नीजि
प्राणी राख्ने मोजमस्ती गर्ने सवालमा शोषण गरे र अन्याय गरेको विरोधमा जेहाद छोडेका इतिहास छन् । शिवले आफ्नो ज्वाई नउसलाई स्त्री लम्पट भए र जनतामाथि शोषण गर्दा उनको विरोधमा जेहाद छोडेको र इन्द्रले आहिल्या माथि अन्याय गर्दा उसलाई सजाय दिएको इतिहास हाम्रो शिव दर्शनमा छ र त्यसलाई बुद्ध दर्शनले पनि मान्यता दिएको छ । त्यसपछिको क्राईस्टको बाइबल र पैगम्बर महमदको कुरानले पनि शिव दर्शनलाई इन्कार गरेको छैन ।
५.यस्तो देशको माटोमा हामी किन गरिब छौं?
हामीले हाम्रो सभ्यतालाई मनाउन सकेनौ । हाम्रा विश्वमित्रको मूर्ति हिन्द चिन )थाइल्याण्ड, बर्मा, कम्बोडिया, भियत्नाम, फिलिपिन्स, इन्डोनेशिया जताततै छ । उनलाई व्यासलाई वाल्मिकीलाई बृहस्पति, शुक्राचार्य र बुद्धलाई समेत हामीले क्यास गरेर करोडौं टुरिष्ट आकर्षण गर्न सक्थेउ । हामीले अंग्रेज सँगको लढाईमा मातृभूमिप्रति–कृत कृत वीर बलभद्र, अमर सिंह थापा, भक्ती थापा, बहादुर शाह जस्ता योद्धालाई अन्तर्राष्ट्रियकरण गर्न सक्थेउ । लोकतन्त्रका लागि लड्ने देव शम्सेर, सुब्बा कृष्णलाल अधिकारी, लखन थापा, जय पृथ्वी बहादुर सिंह, बिपी कोइराला, पुष्पलाल जस्ता विभूतिलाई अन्तर्राष्ट्रियकरण गरेर नेपाल विश्वको पहिलो लोकतान्त्रिक देश भन्ने सक्थेउ । आधुनिक युगका माथि उल्लेखित व्यक्तिहरु र आज भन्दा १०–११ हजार वर्ष पहिलेका जनक र करिब ३००० हजार वर्ष अघिका कपिलबस्तुका शुद्धोधन जसले निर्वाचनको माध्यमबाट राष्ट्राध्यक्ष राजा पद चुन्थेलाई पनि विश्वमा प्रचार गरेर अगाडी बढ्न सक्छौं ।
६. समृद्धिको एक मात्र अभियान “अष्ट ज” :
जल, जमिन, जनावर, जनसंख्या, जडिबुटी, जराजुरी, जंगल, जलवायु गरी यी आठ प्रकृतिका उपहारलाई एक अर्कामा समन्वय गरेर विकास ग¥यौं भने नेपाल छिटो समृद्धिको बाटोमा जान्छ । यसमा दुई मत छैन । त्यसैले हामीले आज भन्दा ९ वर्ष अगाडी अष्ट ज अभियान नेपाल नामक आन्दोलनको निर्माण गरेका छौं । यो आन्दोलन नेपालका ७ वटै प्रदेश, ७७ वटै जिल्लामा कतै कमिटी बनेर कतै सम्पर्क भएर पुगि सकेको छ । किसानको हक, हित सहित उत्पादन नगरी यो रेमिट्यान्समा आधारित अर्थ व्यवस्थालाई विस्थापित गर्न सकिन्न । त्यसैले नेपालका सबै दलहरु, नागरिक समाज, कर्मचारीतन्त्र सबै देश भक्त जनतालाई अष्ट ज उत्पादन अभियानमा लाउन हामीले अनुरोध गर्दै आएका छौं । सरकारको कृषिमा कम प्राथमिकता दिने जुन नीति छ । त्यसलाई विस्थापित गरेर अष्ट ज अन्तर्गत कृषि उर्जा वस्तु उत्पादन आईटममा बढी बजेट लगानी गर्न र आम नेपाली जनता ग्रामिण तथा शहरी दुवै पक्षलाई जमिन र घरको कौशीमा समेत तरकारी, खाद्यान्न, फलफूल, पशुपालन अभियान सञ्चालन गर्न आव्हान गरेका छौं । त्यस अनुसार नेपालका विभिन्न जिल्लामा तरकारी खेती , पशुपंक्षी, माछा पालन, खाद्यान्न उत्पादन हुँदै आएको छ । यसलाई विस्तार गर्न मानव निकासी अभियानलाई सरकार दलहरु नागरिक समाज मिलेर बन्द गर्नु पर्दछ र शेयर उठाएर कृषि र उर्जामा लगानी र उत्पादन ग¥यौं भने देश ५ वर्ष भित्र माथि उठ्न सक्छ ।


