• मकवानपुरमा पछिल्लो समयमा गर्भपतन गर्नेको संस्था बढ्दैं

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ११ बैशाख २०७६, बुधबार ११:४४

    बैशाख ११ हेटौंडा
    मकवानपुरमा पछिल्लो समयमा गर्भपतन गर्नेको संस्था बढ्दैं गइरहेको छ ।

    सन् २०१७ मा दुई सय ८७ जनाले सुरक्षित गर्भपतन गराएको तथ्यांक रहेको अवस्थामा सन् २०१८ मा नौ सय ३८ जनाले सुरक्षित गर्भपतन गराएको जिल्ला जन स्वास्थ्य कार्यालयको तथ्यांकमा उल्लेख रहेको छ ।

    आज हेटौंडामा महिला बालबालिका तथा वातारण सुधार केन्द्र (ओचिन)को आयोजनामा भएको सुरक्षित गर्भपतन सेवा तथा लान्छाना न्युनिकरणका लागि सञ्चारमाध्याम संग अन्तरक्रिया कार्यक्रममा जन स्वास्थ्य कार्यालयका निमित्त प्रमुख शशिकान्त सिंहले प्रस्तुत गर्नुभएको कार्यपत्रमा सन २०१९को हाल सम्ममा ४९५ जनाले सुरक्षित गर्भपतन गराएको बताएका छन्, ।

    मकवानपुरको विभिन्न स्थानमा रहेको सरकारी स्वास्थ्य चौकी, हेटौंडा अस्पतालमा सेवा लिएको तथ्यांक रहेको बताए । उनले हेटौंडामा रहेको मेरि स्टोप सेन्टर , सुनौलो भविष्य, नेपाल परिवार नियोजनबाट सेवा लिएको नभइ प्राथमिक स्वास्थ्य चौकीबाट सेवा लिएको संख्या रहेको बताए । कृपाले २०१४मा गरेको अध्ययन अनुसार नेपालमा प्रति घण्टा २१ जनाले गर्भपतव गर्ने तथ्यांक रहेको छ ।

    गर्भपतन गर्न पाईने र नपाईने जस्ता विषयमा सञ्चारकर्मीहरुको संगको छलफल कार्यक्रम आईपासको सहयोगमा ओचिनले आयोजना गरेको थियो । जिल्ला समन्वय समितिका उपप्रमुख भगवती पुडासैनीको प्रमुख अतिथ्यतामा कार्यक्रम भएको थियो ।

    कार्यक्रममा बोल्दै उपप्रमुख पुडासैनीले सुरक्षित गर्भपतन र असुरक्षित गर्भपतनबारे चेतना मुलक कार्यक्रम गर्नुपर्ने बताईन्, । सबै स्थानिय तहमा रहेका स्वास्थ्य चौकीमा सेवा उपलब्ध गराउनुपर्नेमा जोड दिईन्, । सञ्चारमाध्यमबाट चेतना मुलक सन्देश प्रकाशन प्रशारण गर्नुपर्ने बताईन्, ।

    कार्यक्रममा आईपासका लक्ष्मण केसी, रामसुन्दर कायस्थ, स्वास्थ्य कार्यालयका निमित्त प्रमुख शशिकान्त सिं, अधिकृत राम बहादुर थापामगर, गैसस नेपाल मकवानपुरका सचिव बोल बहादुर कार्की, पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाई, ओचिनका कार्यकारी अधिकृत उद्धव बानियाँ लगायतकाको उपस्थिती रहेको थियो । कार्यक्रम ओचिनका अध्यक्ष प्रर्मिला महतको अध्यक्षतामा भएको थियो । (समचार लालखबर डट कम बाट )

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु