• भृकुटीमण्डमा जारी आन्तरिक पर्यटन मेलामा बिहानै देखि अवलोकनकर्ताको भिड

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १४ बैशाख २०७६, शनिबार १०:३५

    काठमाडौं, १४ बैशाख । काठमाडौंको भृकुटीमण्डपमा जारी आन्तरिक पर्यटन मेलाको दोस्रो दिन आज बिहानै देखि अवलोकनकर्ताहरुको भिड लागेको छ । आज मेलाको अन्तिम दिन समेत भएका कारण बिहानै देखि अवलोकनकर्ताहरुको आकर्षण देखिएको हो ।
    गन्तव्य नेपाल इभेन्टम्यानेजमेन्टले आयोजना गरेको मेलामा पर्यटन सम्बद्ध होटल, रेष्टुरेन्ट, ट्राभल टुरिजन, हस्तकला, विभिन्न पर्यटकीय संघसंस्था र नेपाली मौलिक बस्तुहरुको प्रर्दशनी रहेको छ। नेपालको समग्र पर्यटकीय अवस्थाको एकै स्थानबाट जानकारी पाउने भएका कारण पनि मेलामा अवलोकर्ताहरु थप आकर्षित भएको आयोजकले जनाएको हो । मेलामा ७७ वटै जिल्लाका पर्यटकीय सम्भावना सहितको सचित्र जानकारी मुलक स्टलहरु रहेका छन् ।
    मेलाको हिजो पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले उद्घाटन गरेका थिए । मेलामा प्रवेश निशूल्क रहको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु