तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

लितपुरमा सामाजिक संजालको सुरक्षित र सकारात्मक प्रयोग विषयक एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ बैशाख १५ गते, आईतवार ८:०७

ललितपुर, १४ बैशाख – ललितपुरमा सामाजिक संजालको सुरक्षित र सकारात्मक प्रयोग विषयक एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । १४ गते शनिबार “सुसस्कृत समाजको निर्माण संकल्प महिला समुहको अभियान ” भन्ने मुल नाराको साथ संकल्प महिला समुहको आयोजना र ललितपुर माहानगरपालिका वडा – ५ को सहयोगमा उक्त एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो । महालक्ष्मी पार्टी भेनु थसिखेलमा आयोजित उक्त कार्यक्रमको उदघाटन ललितपुर महानगरपालिका ०५ नम्बर वडाका अध्यक्ष विकासमान श्रेष्ठले गरेका थिए ।

संकल्प महिला समुहका अध्यक्ष उमा ढुङ्गानाको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमका सहभागीहरुलाई संस्थाका तर्फबाट रिता ढुङ्गानाले स्वागत मन्तब्य राखेकी थिईन भने राधा चालिसेले कार्यक्रमका बारेमा प्रकाश पारेकी थिईन ।

कार्यक्रममा साइबर क्राईम बिशेषज्ञ बुद्धी सुबेदीले सहभागीहरुलाई प्रशिक्षण दिएका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै ललितपुर महानगरपालिका ५ नम्वर वडाका अध्यक्ष विकासमान श्रेष्ठले वर्तमानमा साईबर क्राईमको बिषय जल्दोबल्दो सवाल रहेको अैाल्याउदै यस सन्दर्भमा जनचेतनामुलक कार्यक्रम गर्न आवश्यक रहेको बताए ।

त्यसैगरि, ललितपुर- ५ का वडा सदस्य पुनम निरौला, आयोजक संस्थाका अध्यक्ष उमा ढुङ्गाना, पूर्व अध्यक्षद्वय पद्मा ढुङ्गाना एबम पबित्रा ढुङ्गानाले समाजमा साईबर क्राईमबारे सचेतना फैलाउन सचेत नागरिकहरुको भूमिका महत्वपूर्ण रहने आशय ब्यक्त गरेका थिए ।

कार्यक्रममा महिला, युवा, बालबालिका, बुद्धीजीवी लगायतको उल्लेख्य सहभागिता रहेको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु