• एरोमा म्युजिकल सेन्टर गौरीघाटमा Spiritual Music कार्यक्रम

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १६ बैशाख २०७६, सोमबार ०९:३३

    वैशाख १६, काठमाडौं । ऊँ नाद ब्रह्मणे नमःको उच्चारण सहित आज काठमाडौंको गौरीघाटस्थित एरोमा म्युजिकल सेन्टरमा अध्यात्मिक संगीत कार्यक्रमबाट शुरु गरिएको थियो ।
    कार्यक्रम तबला बादक पं अच्युतराम भण्डारीको आदि गुरु शंकराचार्यको भज गोविन्द भजनबाट शुरु गरिएको थियो ।
    त्यस पछिको प्रस्तुतीमा पत्रकार तथा रेडियो नेपालका कलाकार किशोर सेढाईले “मेरो नभनौ मेरौ नभनौं बोलका भजन तथा भगवान श्रीकृष्णको जीवनमा आधारित “दीन दुःखीका सहारा कृष्ण “ नामको भजन प्रस्तुत गर्नु भएको थियो ।
    त्यस पछिको रोचक प्रस्तुतीमा अमेरिकाबाट आएका कलाकार तथा तबला बादक डेनिएल क्रिसटेनसेनले माँ दुर्गाको बन्दना प्रस्तत गर्नु भएको थियो ।
    कार्यक्रमको अन्तिम प्रस्तुतीको रुपमा अन्जु उप्रतीको सितार बादनमा राग भैरवी प्रस्तुत गरिएको थियो ।उहाँलाई तबलामा पं अच्युतराम भण्डारी , सारगंीमा परशुराम भण्डारी र तानपुरामा सीता भण्डारीले साथ दिनु भएको थियो ।
    एरोमा म्युजिकल सेन्टर गौरीघाटमा Spiritual Music कार्यक्रम हरेक महिनाको १५ गते प्रस्तुत हुँदै आएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु