तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

ॐ गोकर्णेश्वर यातायात प्रा लि संचालनमा , अध्यक्षमा थिङ

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ बैशाख १६ गते, सोमबार ११:१३

काठमाडौं, १५ बैशाख – ॐ गोकर्णेश्वर यातायात प्रा लि संचालनमा आएको छ । सुन्जु लामा थिङको अध्यक्षतामा उक्त कम्पनी संचालनमा आएको हो । कम्पनीको संचालकमा कमान सिंह लामा, दिपक भण्डारी, दिनेश श्रेष्ठ, प्रज्ज्वल श्रेष्ठ आदी रहेका छन् ।

ॐ गोकर्णेश्वर बाबा गोकर्णेश्वरबाट छुट्टीएर बनेको नयाँ यातायात कम्पनी हो । ॐ गोकर्णेश्वरले काठमाडौं उपत्यका स्थित माकलबारी, जोरपाटि, चावहिल, रत्नपार्क, रिङरोड क्षेत्रका विभिन्न रुटमा यातायात सेवा उपलब्ध गराउदै आएको छ । एक महिना अघि देखी यातायात कम्पनीका रुपमा दर्ता भई संचालनमा आएको ॐ गोकर्णेश्वरले ११ वटा बसहरु नियमित तबरले संचालनमा ल्याएको छ । कम्पनी अन्तर्गत २५ जनाले रोजगारी पाएको कम्पनीका संचालक समिति सदस्य कमान सिंह लामाले जानकारी दिए । उनले बताए अनुसार कम्पनीमा आबद्ध हुन चाहने अन्य यातायात ब्यवसायीहरुको संख्या दिनप्रति दिन बढदै गएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु