• अन्तराष्ट्रिय क्रिकेट रंगशालाका लागि आर्थिक सहयोग जुटाउन संयुक्त अरब ईमिरेट्सको दुबईमा शुक्रबार धुर्मुस सुन्तली साँझ

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १६ बैशाख २०७६, सोमबार १४:०५

    युएई, १६,वैशाख / चितवनमा धुर्मुस सुन्तली फाउन्डेशनले निर्माण गर्ने अन्तराष्ट्रिय क्रिकेट रंगशालाका लागि आर्थिक सहयोग जुटाउन संयुक्त अरब ईमिरेट्सको दुबईमा शुक्रबार धुर्मुस सुन्तली साँझ गरिएको छ । गौतम बुद्ध क्रिकेट स्टेडियम निर्माण सहयोगार्थ बिभिन्न संघसंस्थाहरूको संयुक्त आयोजनामा दुबईमा ‘धुर्मुस सुन्तली साँझ’ भव्यरुपमा सम्पन्न भएको छ।

    सहयोग रकम जुटाउन आयोजना गरिएको कार्यक्रममा कलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)ले सच्चा नागरिक नामक प्रहसन देखाए । समसामयिक राजनीति, भ्रष्टाचार माथी ब्यङग्य गरिएको प्रहसनमा दर्शकले सम्वादै पिच्छे ताली बजाएर समथर्न गरेका थिए । मुलुकमा ब्याप्त भ्रष्टाचारकै कारण लाखौ युवा विदेशिन बाध्यहुनु परेको, हरेक नेपालीले आफ्नो कर्तब्य पुरा गरे नेपाल छिटै विकसित हुने आसय प्रहसनमा देखाईएको थियो ।
    कार्यक्रममा चर्चित गायक पुष्पन प्रधानले पंक्षी, बुवाको जुंगो लगायतका आधा दर्जन गीत गाए । गायिका मेलिना राईले कुटुमा कुटु, गोजीमा दाम छैन लगायतका आधा दर्जन गीत गाईन ।

    कार्यक्रमबाट बचत भएको रकम स्टेडियम निर्माणका लागि धुर्मुस सुन्तली फाउण्डेशनलाई सहयोग गरिने कार्यक्रमको ब्यवस्थापनको जिम्मा पाएको चितवन समाज युएईका अध्यक्ष परशुराम घिमिरेले जानकारी दिए । युएईमा क्रियाशिल करिव ४० संस्थाले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा आर्थिक सहयोग गर्ने ब्यक्तिलाई सम्मान गरिएको थियो ।

    कार्यक्रमको आम्दानी खर्चको विवरण संकलन भईरहेकोले युएईबाट सहयोग हुने कुल रकम घोषणा गर्न एक दुई दिन लाग्ने मुल आयोजक समितिले जानकारी दिए । कार्यक्रम आयोजक सबै संस्थाहरू प्रति आभार व्यक्त गर्दै कार्यक्रम सफल बनाउन उपस्थित दर्शकहरू तथा कलाकारहरू सबैलाई एनआरएनए युएईले धन्यबाद ज्ञापन गरेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु