किशोर सेढाई ।
वैशाख १६, काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा नियुक्त हुनु भएका नेपाल सरकारका विशिष्ट श्रेणी सचिव न्याैपाने महानगरपालिका आज एक कार्यक्रम गरि स्वागत गरिएको छ ।
सो स्वागत कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत केदार नेउपानेले काठमाडौं महानगरपालिका देशको संघीय राजधानी भएकाले यसको महत्व अरु महानगरपालिकाको भन्दा भिन्ने भएको बताउनु भयो ।
यसैगरी प्रमुख प्रशासकीय अधिकृत न्याैपाने ले आफुसंग संघीय सरकार , प्रदेश सरकार र स्थानीय सरकारको अनुभव रहेको भए पनि स्थानीय निकायमा आफु पहिलो पटक पदस्थापन भएर आएको बताउनु हुँदे महानगरपालिकालाई राम्रो बनाउन कर्मचारीहरु नीतिगत रुपमा , प्रविधि मैत्री र आचरणमा सबल हुनु पर्नेमा जोड दिनु भयो ।
यसैगरी सो स्वागत कार्यक्रममा आपनो भनाई राख्दे काठमाडौं महानगरपालिकाका प्रशासन विभाग प्रमुख ज्ञानेन्द्र कार्कीले प्रमुख प्रशासकीय अधिकृत न्याैपाने कार्यकालमा हाल समस्यामा रहेको कर्मचारी समायोजनको समस्याको समाधान हुने आशा गर्दै काठमाडौं महानगरपालिकाले स्थानीय निकायमा अनुभवी प्रमुख कार्यकारी अधिकृत पाएको बताउनु भयो ।
कार्यक्रममा महानगरपालिकाका विभागीय प्रमुख, महानगरका महाशाखा प्रमुख र कर्मचारीहरुले प्रमुख प्रशासकीय अधिकृतलाई स्वागत गरेका थिए ।
सचिव न्याैपाने नेपाल सरकारको मन्त्रिपरिषदको मिति २०७६ वैशाख २ गतेको निर्णय अनुसार काठमाडौं महानगरापालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा भएर आउनु भएको हो । स्थानीय निर्वाचनबाट जनप्रतिनिधि निर्वाचित भएपछि काठमाडौ. महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी पाउने सचिव न्याैपाने चौथो हुन ।