• अपाङ्गता भएका महिलाहरुको आर्थिक, सामाजिक र राजनीतिक सवाल पहीचान तालिम कार्यक्रम सम्पन्न

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १७ बैशाख २०७६, मंगलवार ०९:०२

    बैशाख १७ रौतहट नेत्रहीन महिला संघ,नेपालको आयोजना र apwld को आर्थिक सहयोगमा यस रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका स्थित अल्पाइन् होटलमा मिति २०७६ वैशाख १४ देखि १६ सम्म तीन दिने अपाङ्गता भएका महिलाहरुको आर्थिक, सामाजिक र राजनीतिक सवाल पहीचान तालिम कार्यक्रम सम्पन्न भयो उक्त तालिममा रौतहट जिल्लामा बसोबास गरिरहेका १५ जना अपाङ्गता भएका महिलाहरुलाई सहभागी गराइ विभिन्न विषयमा प्रशिक्षण प्रदान गरिएको थियो । चन्द्रपुर नगरपालिकाका उपमेयर श्री रामरति चौधरीको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रमको समापन गरिएको थियो, जसमा राष्ट्रिय अपाङ्ग महासंघ प्रदेश नम्बर २ का सचिव श्री राजेश शाह, रौतहट नेत्रहीन संघका अध्यक्ष श्री हरि मिश्र, गुञ्जन एफ. एम का स्टेसन म्यानेजर श्री सन्जय कार्की, चन्द्रपुर नगरपालिकाका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाका शाखा प्रमुख श्री चन्द्रकला बराल लगायत प्रशिक्षक श्री नीरा अधिकारीले आआफ्नो भनाइ राख्दै अपाङ्गता भएका महिलारुको निम्ति आआफ्नोतर्फबाट काम गर्ने प्रतिवद्धता जनाउनुभएको थियो । साथै उक्त कार्यक्रममा सहभागीहरुको तर्फबाट श्री दिलमाया मगर र मीना लामाले सिकाइ अनुभवका बाररेमा आफ्नो मनतव्य राख्नुभएको थियो । यस तालिमको समापन पश्चात अपाङ्गता भएका महिलाहरुको अधिकारको पैरवी गर्ने अभिप्रायकासाथ श्री दिलमाया मगरको संयोजकत्वमा ५ जना महिलाहरुको एक अधििवाचन समिति गठन गरिएको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु