नेपाल हेभी इक्विपमेन्ट व्यवसायी संघ काठमाडौमा  महेश कुँवरको नेतृत्वविकास शिल्ड उपाधि पुरुषतर्फ सशस्त्र प्रहरी बल एपीएफ र महिलातर्फ सुदुरपश्चिम प्रदेशलाईमधेशी एकता समाजको होली समारोह धुमधाम र भव्यताका साथ दुबईमा सम्पन्नHONOR Wins 45 Media Awards at MWC 2024नयाँ गठबन्धन निर्माणसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तीन जना मन्त्री नियुक्तनेपाल मेडिकल कलेजमा श्रवण सम्बन्धी निःशुल्क स्वास्थ्य जाँचलक्ष्मी ग्रुपका अध्यक्ष श्रेष्ठलाई ‘कर्पोरेट लाइफटाइम अचिभमेन्ट अवार्ड’, को हुन् उनी ?राष्ट्रिय सभाका निर्वाचित १९ सदस्यले आज शपथग्रहण गर्दैविकास शिल्ड राष्ट्रिय ह्वीलचियर बास्केटबल च्याम्पियनसिपः सुदुरपश्चिम र लुम्बीनी फाइनलमा प्रवेशतपाईंको आजको दिन कस्तो छ ? हेर्नुस् राशिफल

शाही युवा शक्ति, नेपालले पक्राउ परेका आफ्ना कार्यकर्ताहरुको अबिलम्ब रिहाई नगरे सरकारविरुद्ध कडा आन्दोलन गर्ने चेतावनी

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ बैशाख १७ गते, मंगलवार १८:५०

काठमाडौं, १७ बैशाख । शाही युवा शक्ति, नेपालले पक्राउ परेका आफ्ना कार्यकर्ताहरुको अबिलम्ब रिहाई नगरे सरकारविरुद्ध कडा आन्दोलन गर्ने चेतावनी दिएको छ । मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दे शाही युवा शक्ति नेपालले यस्तो चेतावनी दिएको हो ।

गोगंवुको बानियाँटारबाट आज बिहान पक्राउ परेका केन्द्रिय सदस्य बिनोद केसी, राम प्रसाद सुवेदी, मिन बहादुर क्षेत्री र दिपेश खड्कालाई अपहरण शैलीमा घरैबाट पक्राउ गरेको भन्दै घोर आपत्ति जनाएको छ ।

कार्यक्रममा बोल्दै शाही युवा शक्ति नेपालका अध्यक्ष पशुपति खड्काले राज्यबाट नागरिकको आम स्वतन्त्रतालाई कुण्ठित पार्ने काम भएको आरोप लगाए । देशका विभिन्न अपराध र बिसंगतिहरु ब्याप्त रहेको भन्दै उनले नागरिकका अधिकारहरु राज्यले दबाउन नहुने सुनाए ।
आफ्ना कार्यकर्तालाई घरभित्रै छिरेर अपहरण शैलीमा पक्राउ गरिएको भन्दै उनले सरकारलाई निःशर्त रुपमा छोड्न चौबिस घण्टे अल्टिमेटम पनि दिएका छन ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले निरंकुशवादी सोच र व्यवहार बढाएको भन्दै उनले देशमा ब्याप्त बिसंगति र बिकृतिका बारेमा आवाज उठाउँदा आफुहरुमाथि दमन गर्न खोजेकोे उनको आक्रोश छ ।

शाही युवा शक्ति नेपालले स्थापना कालदेखिनै नेपालमा गणतन्त्र र संघीयता खारेज हुनुपर्ने माग राख्दै आएको बताउदै उनले नेपाल अखण्ड हिन्दु राज्य हुनुपर्नेमा जोड दिए ।

अहिले दलीय निरंकुशता बढ्दै गएको बताउँदै खड्काले संसारकै स्वतन्त्र देशका नागरिकलाई अधिकारबाट बिमुख बनाउने खेल भईरहेको पनि आरोप लगाए ।

अहिले गणतन्त्रको नाममा नेपालमा लुटतन्त्र कायम रहेको बताउदै उनले जनतामा रहेको भ्रम चिर्नु आफुहरको कर्तव्य भएको पनि स्पष्ट पारे ।
हिजो प्रधानमन्त्रीको पुत्ला जलाउदा प्रधानमन्त्रीलाई नै जलाएकोजस्तै गरेर घरबाटै आफ्ना साथीहरु पक्राउ गर्ने सरकारको मानसिकता कमजोर बन्दै गएको उनको भनाई छ ।

राजसंस्थाको बारेमा प्रधानमन्त्री ओली र सरकारका प्रवक्ता गोकुल बास्कोटाले आपत्तिजनक अभिव्यत्ति दिईरहेकोमा आफूहरु गम्भिर रहेको उनले बताए । सरकारले प्रहरीको दुरुपयोग गर्दे आफुहरुलाई दवाउन खोजेपनि अव नेपाली जनताले त्यसको मुल्य चुकाउन बेर नलगाउने उनको भनाईे थियोे ।

अब नेपाली जनताले राजसंस्था पुनस्थापनको लागि सडकमा आउने समय भैसकेको बताउदै उनले नेपालमै भएको नेपालीको बिचल्ली कुनैपनि हालतमा सहन नसकिने पनि जानकारी गराए । आफ्ना कार्यकर्तालाई तुरुन्त रिहा नगरे देशभरि नै आन्दोलनका कार्यक्रम शुरु हुनेपनि उनले चेतावनी दिए ।

जनताको धैर्यताको बाँधलाई कुनैपनि हालतमा सरकारले रोक्न नसक्ने भन्दै उनले अब हरेक घरमा प्रधानमन्त्री ओलीको पुत्ला जलाउन नपरोस भन्दै चेतावनी पनि दिएका छन ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु