दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको माग गर्दे नेपाल पत्रकार महासंघले आज ऐक्यवद्धता र्‍याली

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ बैशाख १८ गते, बुधबार १२:३७

बैशाख १८,काठमाडौं। २६ औं प्रेस स्वतन्त्रता दिवसको अवसरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको माग गर्दे नेपाल पत्रकार महासंघले आज ऐक्यवद्धता र्‍याली निकालेको छ। काठमाडौंको बवरमहलबाट निकालिएको ऐक्यवद्धता र्‍याली नयाँबानेश्वर पुगेर टुंगिएको थियो।

र्‍यालीमा पत्रकारहरुले सरकारले प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्न खोजेको भन्दै प्रेसमाथिको दमन बन्द गर्न माग गरेका छन्। नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आर्चायले प्रेसमाथिको सरकारी हस्तक्षेप बन्द गर्न आह्वान गरेका छन्।

महासचिव रमेश बिष्टले पछिल्लो समयमा प्रेसमाथि सरकारले निरंकुशता लाद्न खोजेको भन्दै त्यसका विरुद्ध महासंघले देशब्यापी आन्दोलन गर्ने चेतावनी दिएका छन्।
पत्रकार महासंघले आजको दिन सात प्रदेश र सबै जिल्लाहरुमा अभिव्यक्ति स्वतन्त्रताको माग गर्दे र्‍याली निकालेको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु