नेपाल हेभी इक्विपमेन्ट व्यवसायी संघ काठमाडौमा  महेश कुँवरको नेतृत्वविकास शिल्ड उपाधि पुरुषतर्फ सशस्त्र प्रहरी बल एपीएफ र महिलातर्फ सुदुरपश्चिम प्रदेशलाईमधेशी एकता समाजको होली समारोह धुमधाम र भव्यताका साथ दुबईमा सम्पन्नHONOR Wins 45 Media Awards at MWC 2024नयाँ गठबन्धन निर्माणसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तीन जना मन्त्री नियुक्तनेपाल मेडिकल कलेजमा श्रवण सम्बन्धी निःशुल्क स्वास्थ्य जाँचलक्ष्मी ग्रुपका अध्यक्ष श्रेष्ठलाई ‘कर्पोरेट लाइफटाइम अचिभमेन्ट अवार्ड’, को हुन् उनी ?राष्ट्रिय सभाका निर्वाचित १९ सदस्यले आज शपथग्रहण गर्दैविकास शिल्ड राष्ट्रिय ह्वीलचियर बास्केटबल च्याम्पियनसिपः सुदुरपश्चिम र लुम्बीनी फाइनलमा प्रवेशतपाईंको आजको दिन कस्तो छ ? हेर्नुस् राशिफल

व्यक्ति अनेक दृष्टिको विमोचन साथै हिरण्य अन्तराष्ट्रिय पुस्तकालयको उद्वघाटन

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ बैशाख १८ गते, बुधबार १८:२७

किशोर सेढाई ।

वैशाख १८, काठमाडौं । अन्तराष्ट्रिय मई दिवसको अवसर पारेर आज परराष्ट्रविद तथा पुर्व राजदूत हिरण्यलाल श्रेष्ठद्धारा लिखित पुस्तक एक व्यक्ति अनेक दृष्टिको विमोचन साथै हिरण्य अन्तराष्ट्रिय पुस्तकालयको उद्वघाटन गरिएको छ ।

उदघाटन तथा लोकार्पण समारोहका प्रमुख अतिथी संस्कृतिविद सत्यमोहन जोशीले भगवान शिवको पावन भुमि शिवपुरी र भगवान नारायणको प्रतिमुर्ति रहेको बुढानिलकण्ठको यस पावन भूमिमा आज हिरण्यलाल श्रेष्ठको एकल प्रयासमा हिरण्य अन्तराष्ट्रिय मैत्री पुस्तकालयको उद्वघाटन र हिरण्यलाल श्रेष्ठद्धारा लिखित पुस्तक “एक व्यक्ति अनेक दृष्टि” विमोचन गर्ने अवसर पाएकोमा आफु गोराविंत भएको बताउनु भयो ।
संस्कृतिविद जोशीले हिरण्यलाल श्रेष्ठको नेवारी परम्परा अनुसार आजको दिनमा जंकु गरिएकोमा हिरण्यलाल श्रेष्ठ आजको दिनबाट मनुष्यगणबाट देवगणमा प्रवेश गरेकोमा उहाँलाई बधाई तथा शुभकामना समेत दिनु भयो ।
यसैगरी पुस्तक लोकार्पण कार्यक्रममा बोल्दै बुढानिलकण्ठ नगरपालिकाका प्रमुख उद्धव खरेलले आफनो नगरपालिकामा यस खालको अन्तराष्ट्रिय पुस्तकालयको स्थापना हुनु समग्र नगरवासीको लागि गौरवको विषय भएको बताउँदै भविस्यमा यस पुस्तकालयको स्तरउन्नतिमा सहयोग गर्ने बताउनु भयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै हिरयण्लाल श्रेष्ठले यो अन्तराष्ट्रिय पुस्तकालयको रुपमा आफनो निजी सम्पति सार्वजनिक गर्दै आजको दिन संस्कृतिविद, लेखक , प्राध्यापक, कलाकार र पत्रकारहरुको संगम रहेको बताउनु भयो ।
अमेरिका निवासी श्रेष्ठकी दिदी पूर्णलक्ष्माी श्रेष्ठको सभापतित्वमा भएको पुस्तक लोकर्पण तथा पुस्तकालयको उदघाटन समारोहमा श्रेष्ठलाई मकवानपुर समाज ,काठमाडौं महानगरपालिका वडा नं २३, योगी नरहरिनाथ ट्रष्ट र श्रीहनुमान आराधना मण्डल आदि संघसंस्थाले अभिनन्दन समेत गरेका थिए ।
हिरण्य अन्तराष्ट्रिय मैत्री पुस्तकालयमा नेपाल परिचय, बुद्धिजम,मानव अंहिसा,नागरिकता,भाषा , जाति , वैदिैशिक नीति,एनआरएनए नेपालमा वैदैशिक लगानी,नोपलको ब्यापार पारबहन,वैदैशिक रोजगार,
विभिन्न सन्धि सम्झौता,इयू, माओवादीद्धन्द,नेपालको परराष्ट्र नीति सम्बन्धी संग्रहीत दस्ताबेज, नेपाली सेनाको सुरक्षा नीति,राजनैतिक विषय राजा,पन्चायत र रापपा लगायत पठनयोग्य पुस्तक र एक सय पचास भन्दा बढी दस्ताबेजहरु संग्रहीत रहेका छन ।
नेपालको परराष्ट्र नीति, नेपालबारे जानकारी लिन चाहने विद्यार्थी तथा पीएसडी विद्यार्थीहरुको लागि यो पुस्तकालय उपयोगी हुन सक्दछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु