तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

अर्थमन्त्री खतिवडाद्धारा हङकङमा केएमई फाइनान्सको उद्घाटन

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ बैशाख १९ गते, बिहीबार ७:३२

काठमाडौं–हङकङका नेपाली व्यवसायीहरुले संचालनमा ल्याएको केएमई फाइनान्स तथा रेमिटेन्सको अर्थमन्त्री डा. युवराज खतिवडाले उद्घाटन गरेका छन् । हङकङ भ्रमणमा रहेका मन्त्री खतिवडाले जोर्डनस्थित सिभिक कमर्सियल बिल्डिङको १४ औं तलामा कार्यालय रहेको केएमई फाइनान्स तथा रेमिटेन्सको बुधबार उद्घाटन गरेका हुन् ।
एक करोड हङकङ डलर जारी पूँजी रहेको केएमईको अध्यक्ष टीका गुरुङ रहेकी छन् । उनी एनआरएन हङकङकी अध्यक्ष पनि हुन् । सञ्चालक समितिमा गुरुङ लगायत कृष्ण पाण्डे, कविता गुरुङ, जोना श्रेष्ठ, गोकर्ण ढकाल सहित ५ जना छन् ।
पचास जना शेयरधनी रहने यो फाइनान्सको अन्तिम किस्ता अर्को एक महिनाभित्र उठिसक्ने जनाइएको छ । फाइनान्सले व्यक्तिगत कर्जा, आवास कर्जा तथा व्यापारिक कर्जा उपलब्ध गराउने जनाइएको छ । हङकङका नेपाली तथा चिनियाँ समुदायलाई लक्षित गरि खोलिएको यो फाइनान्सबाट रेमिट्यान्स कारोवार पनि गरिने जनाइएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु