• बेलायतको अल्डरसटबाट काउन्सिलर पदमा प्रबेश केसी बिजय

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २० बैशाख २०७६, शुक्रबार १२:२०

    लन्डन । बेलायतको अल्डरसटबाट प्रबेश केसी काउन्सिलर पदमा विजय भएका छन् । युवा व्यवसायी तथा समाजसेवी केसी बिहीवार भएको स्थानीय निकायको चुनावमा सत्तारुढ कन्जरभेटिभ पार्टीका तर्फबाट रसमोर बरो अन्तर्गत अल्डरसट टाउन, वेलिङटन वार्डको काउन्सिल पदमा विजयी भएका हुन् ।
    बिहीवार राती गरिएको मतगणनामा ३२८ मत ल्याएर केसी निर्वाचित भएको मतदान अधिकृतले घोषणा गरेका थिए । यसै गरि उनका प्रतिष्पर्धी लेबर पार्टीको 
प्रतिनिधित्व गर्दै उठेका इभेट डिन पराजित भएका हुन् यस क्षेत्रमा करिब ४ हजार मतदाता थिए ।

    चुनावी परिणाम घोषणा पछि केसीले भने, यो आफ्नो मात्र बिजयी नभएर सम्पूर्ण बेलायतमा बस्ने नेपालीहरुको जीत र गौरवको विषय भएको बताए । केशीले रसमोर बरो अन्तर्गत अल्डरसट टाउन, वेलिङटन वार्डको काउन्सिलमा थुप्रै भूतपूर्व गोर्खा परिवारहरु बसोबास गरिरहेको बताउँदै उनीहरुका दैनन्दिन समस्या लगायत अल्डरसटमा नेपाली जनसंख्या तथा व्यवसाय बढ्दै गएपछि नेपाली तथा स्थानीयको आवाज काउन्सिल च्याम्बरसम्म पुरयाउन आफुले पहल गर्ने बताए । उनले आफ्नो चुनावी अभियानमा नैतिक तथा भौतिकरुपमा सघाउने सबै सहयोगी, शुभेच्छुकहरु, नेपाली तथा सन्चारकर्मीहरुलाई धन्यवाद पनि दिएका छन् ।

    कन्जरभेटिभको व्यक्तिगत स्वतन्त्रता, फ्रि इन्टरप्राइज (व्यापार स्वतन्त्रता) र प्रोटेक्सजन टु रिकग्जनाइज ट्रेडिसन सिद्धान्त रहेको जनाउंदै केसीले हरेक मतदातालाई ति सिद्धान्तको प्रत्याभूति दिलाउन पहल गर्ने बताए ।
    यो पार्टीले हरेक व्यक्तिलाई आफ्नो जीवनको मालिक बनाउंछ दास होइन्’- केसीले भने । ब्रिटिश सैनिकमा कार्यरत गोर्खाहरुका लागि पनि कन्जरभेटिभ उदार छ । उसको डिफेन्स बजेट बढि हुन्छ । हालै ‘अल्डरसट सेन्टर फर हेल्थ’ प्रोजेक्ट सम्पन्न भएको छ जुन कन्जरभेटिभकै पहलमा बनेको हो । स्थानीय सरकारले टाउन सेन्टरको ‘रिजेनेरेसन’ का लागि ५०० मिलियन पाउण्ड बजेट समेत छुट्टयाएको उनले बताए । नेपालमा पुख्र्यौली घर म्याग्दीमा जन्मिएका केशी २ दशक देखि बेलायत बस्दै आएका छन्।उनी प्रोपर्टी व्यवसायमा आवद्ध छन्

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु