तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

मापदण्ड विपरित विद्यालयको पर्खाल निर्माण गरिएको भन्दै स्थानियले जनाए आपक्ति

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ बैशाख २० गते, शुक्रबार १८:१४

ललितपुर – पुल्चोकमा रहेको मदन स्मारक माध्यमिक विद्यालय हाता भित्र भईरहेको पर्खाल निर्माण कार्य मापदण्ड विपरित रहेको भन्दै स्थानियले आपक्ति जनाएका छन् । पर्खाल निर्माणका नाममा विद्यालयले चर्चिदै आएको सार्वजनिक जग्गाको दोहन गरिएको स्थानियको आरोप छ । उनीहरुले ललितपुर तीन र बीस नंबर वडा स्थित नटोल देखी पाटन ढोकासम्मको सडक निर्माणको योजना संबन्धमा स्थानियलाई जानकारी नभएको उल्लेख गर्दै विद्यालयको पर्खाल भित्र अर्को पर्खाल निर्माण गरिनु एक तर्फि रुपमा सार्वजनिक सम्पक्ति माथि हानि पुर्याउने खेल भैरहेको दाबी गरेका छन् । स्थानियका अनुसार पर्खाल निर्माण गरिनुको मुख्य उदेश्य सिमित व्यक्तिहरुलाई लाभ पुर्याउनु हो । भविष्यमा हुन सक्ने सडक विस्तारका क्रममा निजी जग्गालाई मासिन नदिने प्रपंचका साथ पर्खाल निर्माण भैरहेको उनीहरुको ठहर छ ।
नियममा सडक बिस्तारका लागी दाया बाया बराबर जग्गा छोडनु पर्ने कानूनी प्रावधान छ ।
पर्खाल निर्माण कार्यलाई रोक्का गर्न भन्दै स्थानियले जिल्ला प्रशासन कार्यालय ललितपुरमा निवेदन समेत दिएका छन । जिल्ला प्रशासन कार्यालयले तत् संबन्धमा जानकारी गराउन ललितपुर महानगरपालिकालाई पत्राचार गरेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु