• नेपाल भ्यालुयर्स एसोसिएशनको अध्यक्षमा पुन ऋषि कोइराला निर्वाचीत,

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २१ बैशाख २०७६, शनिबार १४:१६

    रबिन प्र. थपलिया । काठमाण्डौं । बैशाख २१ । चल, अचल सम्पत्तिको धितो मुल्याङकन सम्बन्धी कार्यमा संलग्न इन्जिनियरहरुको छाता संस्था नेपाल भ्यालुयर्स एसोसिएशनको अध्यक्षमा ऋषि कोइराला चयन भएका छन् ।
    नेपाल भ्यालुयर्स एसोसिएशनको शुक्रबार भएको चौथो महाधिवेशनबाट बरिष्ठ उपाध्यक्षमा लक्ष्मणबाबु सेढाई, उपाध्यक्षहरुमा लैला श्रेष्ठ र जीवन अर्याल, महासचिबमा मुक्ति पाण्डे, सचिबमा दिनेश कुमार पाठक, कोषाध्यक्षमा बिकास वाग्ले चयन भएका छन् । सदस्यहरुमा रामरतन यादब, मनिस कर्ण,अमित थकाली, प्रविण सिंह निर्वाचीत भएका छन् ।
    नेपाल भ्यालुयर्स एसोसिएशनको चौथो अधिवेशनलाई उदघाटन गदै नेपाल राष्ट्र बैकका गर्भनर चिरञ्जीबि नेपालले मुल्यांकनकर्ताहरुलाई मर्यादीत,व्यवस्थीत र जिम्मेवार बनाउन राष्ट्रबैकले मुल्यांकन निर्देशीका तथा कार्यविधि ल्याउ लागिएको बताए ।
    गर्भनर नेपालले भ्यालुयर्सहरुको मुल्यांकनको आधारमा सम्पत्तीको मुल्य देखि राज्यको कर सम्मको निर्धारण हुने भएकाले जोखिमलाई ख्याल राखेर इमान्दारीतापुर्व काम गर्न भ्यालुयर्सहरुलाई आग्रह गरे । उनले भने “तपाँईहरुको मुल्यांकनको आधारमा मुल्य निर्धारण हुने हो यस्तो महत्वपुर्ण जिम्मेवारीलाई इमान्दार भएर पुरा गर्नुभएन भने त्यसले सबैलाई क्षती पुग्दछ”
    गर्भनर नेपालले भने “पढाईमा राम्रो अंक ल्याउने तथा अब्बल बिद्यार्थीहरुनै इन्जीनियर बन्ने गरेकाले समाजमा इन्जीनियरहरु असल हुन्छन भन्ने मान्यता छ त्यसैले तपाँईहरु आफनो पेशाको इज्जत गर्नेगरी काम गर्नुहोस ।
    एकजना मुल्यांकनकर्ताले गलत गर्दामा निकै ठुलो आर्थिक क्षती हुने तथा पेशाप्रतिनै बदनाम हुने उल्लेख गदै गर्भनर नेपालले आइक्यान जस्तै भ्यालुयर्स एसोसिएशनले पनि नियामक निकायको रुपमा काम गर्न समेत सुझाब दिए ।
    समृद्ध नेपालको परिकल्पनासंगै नेपालको सर्वेयररेटीङ गर्ने बेला आएको बताँउदै गर्भनर नेपालले अन्तराट्रिय स्तरको सेवा गर्न सक्ने गरी मुल्यांकनकर्ताहरुको क्षमता बिस्तार हुनुपर्ने बताए ।
    उदघाटन कार्यक्रममा बोल्दै भ्यालुयर्स एसोसिएसनका अध्यक्ष ऋषि कोइरालाले मुल्यांकनकर्तालाई सानो गल्तीमा समेत कानुनी प्रक्रिया बिनै कालोसुचिमा राख्ने तथा बैकिङ कसुर जस्ता बिभिन्न किसिमका लान्छना लगाएर हतोत्साहीत पार्ने काम भइरहेको बताए ।
    अध्यक्ष कोइरालाले भने“हाम्रो काम भनेको इमान्दार भएर चल÷अचल सम्पत्तीको मुल्यांकन गर्ने हो, हामीले गरेको मुल्यांकन ठिक छैन भने स्वीकार गर्ने÷नगर्ने अधिकार सो संस्थालाई हुन्छ, मुल्यांकन ठिक छ भनेर स्वीकार गरिसकेपछि हाम्रो काम त पुरा भयो, मुल्यांकनकर्ताले समग्र कारोबारको जिम्मेवारी त लिने होइन नी ? तर बित्तिय संस्थाहरुले स्वार्थमा जारी गरिएको ऋण कारोबारमा जोडेर हामीलाई जोडेर दुख दिने काम भइरहेको छ यसलाई राज्यले बुझनु पर्दछ ।”
    कार्यक्रममा मुल्यांकनकर्ताहरुको समस्या राख्ने क्रममा निकै भाबुक बनेका अध्यक्ष कोइरालाले भने “हामीलाई मुल्यांकन गरेकै आधारमा यस्तै दुख दिइरहने हो भने यो सतिले श्राप गरेको देश मात्र होइन् अव मुल्यांकर्ताहरुले समेत श्राप गरेको देश भन्नुपर्ने अवस्था आउन सक्छ” ।
    अध्यक्ष कोइरालाले मुल्यांकनको पुरै जिम्मेवारीको भारी बोकाईएका मुल्यांकनकर्ताहरुको पारीश्रमीक भने निकै कम तथा एकरुपता समेत नभएको गुनासो गरे ।
    महासचिब लक्ष्मण बाबु सेढाईले सञ्चालन गरेको कार्यक्रममा नेपाल इन्जिनियरीङ एसोसिएसनका महासचिब छबि पोख्रेल, नेपाल इन्जिनियरीङ परिषदका उपाध्यक्ष अर्जराज सिलवाल, नेपाल इन्स्योरेन्स सर्भेयर एसिोसिएशनका अध्यक्ष सुर्य प्रसाद जोसी, सोसाइटी अफ कन्ससल्टीङ आर्किटेक्चर एण्ड इन्जिनियरिङ फर्माका अध्यक्ष राजेश थापा, नेपाल बित्तीय संस्था संघका अध्यक्ष सरोज काजी तुलाधर, एसोसिएशनका संस्थापक अध्यक्ष बसन्त रमण रजौरे, एसोसिएशनका पुर्व अध्यक्ष तथा पालुङटार नगरपालीकाका मेयर दिपक बाबु कंडेल, लुम्बिनी च्याप्टरका संयोजक शैलेन्द्र श्रेष्ठ लगायतले महाधिवेशनको सफलताको कामना गरेका थिए । कार्यक्रममा स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष लैला श्रेष्ठले गरेका थिए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु