
कलम योञ्जन, काठमाण्डौं– राष्ट्रप्रेम झल्काउने गीतको खडेरीलाई तोड्दै राष्ट्रियताको सवालमा फेरि एकपटक सबै नेपालीलाई एकताबद्ध गराउन ‘पूर्व पनि हाम्रै हो, पश्चिम पनि हाम्रै हो’ बोलको नयाँ गीत सार्वजनिक हुने तरखरमा रहेको छ ।
उक्त गीतको मातातीर्थ औंशीको शुभ साईत पारेर शनिबार पुतलीसडकस्थित ड्रिम्स स्टुडियोमा रेकर्डिङ सम्पन्न भएको हो ।
गायकहरु प्रेम मोक्तान, नन्दु राई र सिद्धान्त परियार तथा गायिकाहरु बिना लोप्चन, रोजिना बस्नेत र अञ्जु गौतमको सामूहिक स्वरमा सजिएको सो गीतलाई संगीतकार नारायण दंगालले संगीतबद्ध गर्नुभएको हो भने गीतमा शब्द अर्जुन राज भण्डारीको रहेको छ ।
सरल अनि हृदयस्पर्शी शब्द र राष्ट्रभक्ति भाव गीतको सशक्त पक्ष रहेकोले देशलाई माया गर्ने हरेक व्यक्तिले उक्त गीत मन पराउनेमा आफूहरु ढुक्क रहेको बताउनुहुन्छ गायिका बिना लोप्चन ।

साथै उहाँ थप्नुहुन्छ, “गीतका लागि सम्बन्धित सबैजनाले अत्यन्त मेहनत गरेका छौं, त्यसैले हाम्रो पसिना खेर जाने छैन ।” गीतलाई चाँडै नै भिडियो सहित सार्वजनिक गर्ने निर्माण पक्षले जनाएको छ ।


