नेपाल हेभी इक्विपमेन्ट व्यवसायी संघ काठमाडौमा  महेश कुँवरको नेतृत्वविकास शिल्ड उपाधि पुरुषतर्फ सशस्त्र प्रहरी बल एपीएफ र महिलातर्फ सुदुरपश्चिम प्रदेशलाईमधेशी एकता समाजको होली समारोह धुमधाम र भव्यताका साथ दुबईमा सम्पन्नHONOR Wins 45 Media Awards at MWC 2024नयाँ गठबन्धन निर्माणसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तीन जना मन्त्री नियुक्तनेपाल मेडिकल कलेजमा श्रवण सम्बन्धी निःशुल्क स्वास्थ्य जाँचलक्ष्मी ग्रुपका अध्यक्ष श्रेष्ठलाई ‘कर्पोरेट लाइफटाइम अचिभमेन्ट अवार्ड’, को हुन् उनी ?राष्ट्रिय सभाका निर्वाचित १९ सदस्यले आज शपथग्रहण गर्दैविकास शिल्ड राष्ट्रिय ह्वीलचियर बास्केटबल च्याम्पियनसिपः सुदुरपश्चिम र लुम्बीनी फाइनलमा प्रवेशतपाईंको आजको दिन कस्तो छ ? हेर्नुस् राशिफल

बिद्यालयमा पुर्ण सरसफाईको अबस्थाका बारेमा अनुगमन

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ बैशाख २३ गते, सोमबार १५:३२

जनकबहादुर शाही
हुम्ला, बैशाख–२२ । सिमकोट गाउँपालिका वडा नं. ५ र ६ मा रहेका २ वटा बिद्यालयमा पुर्ण सरसफाईको अबस्थाका बारेमा अनुगमन गरिएको छ । ४३ औ जिल्लाका रुपामा २ बर्ष अगाडि खुला दिसा मुक्त क्षेत्र घोषित भएई सकेकाले बिद्यालयको सरसफाईको अबस्था र स्थितीका बारे बुझ्न अनुगमन गरिएको हो । सिमकोट गाउँपालिका ५ को भिमसेन आधारभुत बिद्यालय र वडा नं. ६ को कालाशिल्ता आधारभुत बिद्यालयमा शनिबार अनुगमन गरीएको हो ।

युनिसेफ, छाया नेपालको आर्थिक सहयोग र बिगतलामो समय देखि जिल्लामा सरसफाईका क्षेत्रमा काम गर्दै आएको स्नोल्याण्ड एकिकृत बिकास केन्द्र (एस आई डि सि ) को प्राबिधिक सहयोगमा सिमकोट गाउँपालिकाका सात वटा माबि, निमाबि, प्राबिहरुको पुर्णसरसफाईका लागि कार्यक्रम संचालन गरिएको र त्यसको अबस्थाका बारेमा अनुगमगर्दा स्थिती निक्कै सुधार रहेको अनुमगनमा संलग्न सिमकोट गाँपालिकाका अध्यक्ष पदमबहादुर लामाले बताए । शौचालय र खानेपानीको उचित ब्यबस्था भएकाले पुर्ण सरसफाईका लागि ठुलो सहयोग मिलेको अध्यक्ष लामाले बताए ।
सिमकोट गाउँपालिका ५को भिमसेन आधारभुत बिद्यालय र वडा नं. ६ को कालाशिल्ता आधारभुत बिद्यालयलाई पुर्ण सरसफाई गर्नका लागि खानेपानी तथा शौचालयको मर्मत योजनाहरु संचालन गरेपछि अनुगमन गरिएको स्नोल्याण्ड एकिकृत बिकास केन्द्रका कार्यकारी निर्देशक गोबिन्द शाहीले बताए । यि बिद्यालयसंगै सिमकोट गाउँपालिकाका भिमसेन, कालाशिल्ता र रलिङ्ग माबिका लागि रु ३ लाख तथा बालबिकास, पंचमुखी, महाकाल र सिदार्थ निमाबिका लागि खानेपानी तथा शौचालय मर्मतका लागि रु.७५ हजार सहयोग गरिएको शहीले बताए ।
अनुगमनमा सिमकोट गाउँपालिका अध्यक्ष लामा, उपाध्य क्षबली रावत, ५ नं. वडाका अध्यक्ष कृष्ण बोहरा, ६ नं. वडाका जयचन्द्र रोकाया, सिमकोट गाउँपालिकाका सामाजिक बिकास शाखाका प्रमुख जंग रोकायासहित संचारकर्मीकोस सहभागिता रहेको थियो ।
विद्यालयको पूर्ण सरसफाईको अवस्था बुझ्न अनुगमन ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु