
२३ वैशाख, काठमाडौं । संघीय समाजवादी फोरम र नयाँ शक्तिले आफ्नो एकतासँगै नयाँ वैकल्पिक राजनीतिक शक्तिको उदय भएको दाबी गरेका छन् ।
दुई दल मिलेर समाजवादी पार्टी नेपाल बनेको छ।
सभामा नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराई र फोरमका अध्यक्ष उपेन्द्र यादवले नौ बुदे सहमतिमा हस्ताक्षर गरेका छन् । यो एकीकरणबाट नेपालमा नयाँ बैकल्पिक राजनीतिक शक्तिको उदय भएको छ । संघीयता, सुशासन, समृद्धि र समाजवादलाई आधार तत्व मानी अझ वृहत राजनीतिक ध्रुविकरण आवश्यक भएको सहमति पत्रमा भनिएको छ ।


