दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

भियतनाम र कम्बोडियाका पर्यटकहरु नेपाल भित्र्याउनको लागि भ्रमणले महत्वपूर्ण भूमिका खेल्ने छ: पूर्वराजदुत श्रेष्ठ

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ बैशाख २४ गते, मंगलवार १६:०४

काठमाडौं, २४ बैशाख । पूर्वराजदुत हिरण्यलाल श्रेष्ठले भियतनाम र कम्बोडिया दुवै देशसँग नेपालको पूरानो र प्राचिन सम्बन्ध भएकोले प्रधानमन्त्री ओलीको भ्रमण फलदायी र सफल हुने विश्वास दिलाए ।

वैशाखी–डेमा प्रधानमन्त्रीले मुख्य वक्ताको रुपमा बोल्ने कार्यक्रम रहेकोले उक्त सम्मेलनमार्फत ग्लोवल बुद्धिज्म र लुम्बिनीलाई अन्तर्राष्ट्रिय रुपमा प्रर्वद्धन गर्न पनि ‘माईल–स्टोन’ हुने श्रेष्ठको दाबी छ ।

त्यस्तै, सांस्कृतिक उपलब्धि हाँसिल गर्न पनि भ्रमण फलदायी हुने उनले विश्वास दिलाए । भियतनाम र कम्बोडियाका पर्यटकहरु नेपाल भित्र्याउनको लागि भ्रमणले महत्वपूर्ण भूमिका खेल्ने उनले विश्वास दिलाए ।
मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा श्रेष्ठले विश्व बुद्धिष्ट पर्यटनमा पनि प्रधानमन्त्री ओलीको भ्रमणले नयाँ आयाम थप्ने स्पष्ट पारे । भियतनामले वाटरवेज र रेलवेजमा पनि धेरै ठूलो विकास गरेको उनले सुनाए ।

प्रधानमन्त्रीको यो भ्रमणले दुवै मुलुकसँग नयाँ–नयाँ सम्भावनाको द्धार खोल्नेपनि उनको दाबी छ । प्रधानमन्त्रीको भ्रमणको विरोध गर्नु पूर्वाग्रही भएको पनि उनले आरोप लगाए । उनले भने,‘प्रधानमन्त्रीको भ्रमण दुवै देशको हितमा छ । विरोध गर्नु गलत हो ।’

यद्धपी प्रधानमन्त्रीको भ्रमणको बारेमा सरकारले जनतालाई सुस्पष्टसँग यसको महत्वको बारेमा नभनेकोमा उनले गुनासो पोखे । उनले भने,‘सरकारले भ्रमणको औचित्यको बारेमा जनतालाई स्पष्टसँग भन्नुपर्दथ्यो । त्यसमा कमि देखियो ।’

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु