प्रधानमन्त्री ओलीको भियतनाम र कम्बोडियाको भ्रमण संस्कृति कुटनीतिलाई बढावा दिन महत्वपूर्ण रहेको छ: पूर्व राजदूत सिम्खडा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २४ बैशाख २०७६, मंगलवार १६:३९

काठमाडौं, २४ बैशाख । परराष्ट्र मामिलाका जानकार तथा पूर्व राजदुत डा.शम्भुराम सिम्खडाले प्रधानमन्त्री ओलीको भियतनाम र कम्बोडियाको भ्रमण संस्कृति कुटनीतिलाई बढावा दिन महत्वपूर्ण रहेको टिप्पणी गरे ।

मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै सिम्खडाले भियतनाम र कम्बोडिया दुवै देश संक्रमणकालिन अवस्थाबाट माथि उठेर उच्चस्तरको आर्थिक वृद्धिद्धर हाँसिल गरेका मुलुक भएकोले भ्रमणको क्रममा त्यसबाट लाभ लिन सक्नुपर्ने सुझाए ।

भियतनाममा हुने बैशाखी सम्मेलनमा प्रधानमन्त्रीको सहभागिता हुने र सम्बोधन गर्ने कुरा राम्रो भएको पनि उनले स्पष्ट पारे । यद्धपी उनले नेपालको आन्तरिक राजनीतिकलाई सुविचार गरेर गर्दै पूर्व तयारी राम्रो काम गरेर गएको भए उपयुक्त हुने थियो भन्नेपनि धारणा राखे । नेपालको विदेश नीतिमा आम सहमति हुनुपर्ने पनि उनले बताए ।

नेपालको संक्रमणकालिन न्याय जटिल विषयवस्तु बनेर आउनेवाला रहेको पनि उनले खतरा औंल्याए । अहिलेको सरकार नेपालको ईतिहासमै तेस्रो ठूलो प्रवाह भएकोले अब आफ्नो छबि कस्तो बनाउने भन्ने कुरा उसको प्रस्तुतिकरणमा भर पर्ने पनि उनको भनाई छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु