• मलेसियामा नेपाली खेलाडीहरुलाई सफलता

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २८ बैशाख २०७६, शनिबार ०४:३५

    मलेसियाको इपोह पेयर्कमा सम्पन्न १६ औं ओकेनवा गजुरियो कराँते खुल्ला प्रतियोगितामा सहभागी नेपाली खेलाडीले पाँच स्वर्णसहित आठ पदक जित्न सफल भएका छन् ।ईन्द्रमुलिया स्टेडियममा भएको खेलमा नेपालको तर्फबाट नेपाल रेन्बुकाई कराँतेका सात जना खेलाडीले विभिन्न तौलमा प्रतिष्पर्धा गरेका थिए ।
    पाल रेन्बुकाई कराँते डो संघको तर्फबाट महिला तर्फ हिरादेवी राई, जुनियरतर्फ ८ वर्ष मुनिको उमेर समूहमा कुमितेतर्फ तिलोतमा नगरपालिका रुपन्देहीका ईश्वर बिक, १० वर्ष उमेर समूहमा रुपन्देहीकै संगम नेपाली, १२ वर्ष समूहमा युजिन गुरुङ, १३ वर्षमा समुद्र सिंह राना, १४ वर्ष उमेर समूहमा सविन श्रेष्ठ, ओम सतिया गाउँपालिका रुपन्देहीका कमल चौधरीले १५ वर्ष उमेर समूहमा प्रतिष्पर्धा गर्दै पाँच स्वर्णसहित आठ पदक जित्न सफल भएको नेपाल रेन्बुकाई कराँते संघका केन्द्रीय अध्यक्ष तथा प्रमुख प्रशिक्षक रेशम लाल लामा तामाङले जानकारी दिए । स्वर्ण जित्नेमा नोबेल ईन्भारोमेण्ट एकेडमी कोटीहवाका ईश्वर बिक, न्यु नमूना बोर्डिङ स्कुल भलुहीका युजिन गुरुङ, सिद्धार्थ ग्यालेक्सी कोटीहवाका समुद्र सिंह राना, गुरुकुल इन्स्टिच्युटका सविन श्रेष्ठ, सनलाइन बोर्डिङ स्कूल ओमसतियाका कमल चौधरी रहेका छन् । यस्तै प्रतियोगितामा संन्जिवनी शिक्षा सदनका संगम नेपाली रजत, हिरादेवी राईले काता तथा कुमितेमा गरी दुई रजत पटक प्राप्त गरेको प्रशिक्षक कमरुदिन अलि (मोहम्मद अलि )ले जानकारी दिए ।१२ वर्ष उमेर समूहमा नेपाली खेलाडि युजिनसँग उज्वेकिस्तानका खेलाडिले निकै प्रतिष्पर्धातमक खेल खेल्दा युजिनले किक प्रहार गरी आफ्नो दबाबमा राख्दै नतिजा नेपालको पक्षमा पार्न सफल भए । कुनै पनि प्रतियोगितामा हार नबेहोरेका उज्वेकिस्तानका खेलाडिले नेपाली प्रतिष्पर्धीसँग हार खाएसँगै रुँदै एरिनाबाट बाहिरिएर र प्रतिष्पर्धी युजिनलाई मायाको चिनो समेत प्रदान गरे । यो दृष्य सबैका लागि आकर्षक बनेको थियो ।विजयी खेलाडीलाई मलेसियाको स्पेयर्कका युवा तथा खेलकुद मन्त्री यब ईन्सिक लि चाउन होनले प्रमाण पत्र तथा पदक हस्तान्तरण गरे ।
    भारत, मलेसिया, सिंगापुर, जर्मनी, इण्डोनेसिया, पाकिस्तान, दुवई, इक्जुस्थानलगायत १६ राष्ट्रका करीब १ हजार भन्दा बढी खेलाडी सहभागी प्रतियोगितामा नेपालको तर्फबाट दुई टोली सहभागी थिए ।
    नेपाली टोली अनुशासित तथा सबैको आकर्षण बन्न सफल भएको भन्दै ओकनवा गजुरियो डो एशियाका प्रमुख प्रशिक्षक सिहान एस.के आनन्थानले नेपाली टोलीको निकै प्रशंसा गरे ।नेपालले २०१९–२० लाई भिजिट वर्षका रूपमा मनाउन गइरहेकोले यसलाई सफल बनाउन आफू नेपाल आउने उनले प्रतिबद्धता जनाए ।
    प्रतियोगितामा नेपाली चेली पुष्पा गुरुङले रेफ्रीको भूमिका निभाएकी थिइन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु