• सेन्ट जर्ज स्कुलका विद्यार्थीहरुलाई रेडियो सम्बन्धि प्रत्यक्ष जानकारी

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २८ बैशाख २०७६, शनिबार ०४:५२

    बैशाख २७ काठमाडौ । सेन्ट जर्ज स्कुलले कक्षा ६ र ७ का आफ्ना विद्यार्थीहरुलाई रेडियो सम्बन्धि प्रत्यक्ष जानकारी दिने उदेश्यले भगवतीबहाल स्थित मेरो एफ. एम ३.३ मेघाहजमा लगि अबलोकन गराइयो। अबलोकनको क्रममा विद्यार्थीहरुले विभिन्न आफ्नो जिज्ञासा राखेका थिए । सोको जवाफ स्टेसन म्यानेज बलराम श्रेष्ठ र कार्यक्रम प्रमुख सुशीला श्रेष्ठले दिनुभएको थियो ।कार्यक्रमको सुरुवात रेडियोको परिचयबाट गराइयो भने अबलोकनपछि तस्बिर खिची सकाइयो । अब बिधालयले बालबालिकालाई प्रत्यक्ष संलग्न गराई कार्यक्रम चलाउने सोच राखेको बिधालयका निर्देशक प्रल्हाद दाहालले बताउनु भयो । जसका कारण बिद्यार्थीहरुलाई हरेक कुरामा अगाडि बढन सजिलो हुनेछ । उनीहरुको आत्मबल बढ्ने छ र उनीहरूलाई यसले पढाइमा समेत अगाडि बढ्न सजिलो हुनेछ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु