• नेपाली व्यवसायी संघ कतारद्वारा राजदूत कोईरालाको विदाई

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २८ बैशाख २०७६, शनिबार २०:०१

    दोहा–नेपाल सरकारले फिर्ता बोलाएका कतारका लागी नेपाली राजदुत प्रो .रमेश कोईरालालाई कतार स्थित नेपाली व्यावसायी संघ कतारले एक कार्यक्रमको आयोजना गरि सम्मान तथा विदाई गरेको छ ।

    व्यावसायी संघका अध्यक्ष महेन्द्र चम्लागाईको निवासमा सम्पन्न कार्यक्रममा कतारमा रहेका व्यवसायीहरु तथा बिभिन्न संस्थाका प्रतिनिधीहरुको उपस्थीति रहेको थियो । कार्यक्रममा संस्थाका संरक्षक देबकाजी डंगोल,प्रमुख सल्लाहकार बद्रि पाण्डेलगाएत संस्थाका पदाधिकारीहरुको उपस्थिती रहेको थियो। व्यावसायी संघका अध्यक्ष महेन्द्र चम्लागाईको सभापतित्वमा भएको उक्त कार्यक्रमलाई महासचिव सागर नेपालले संचालन गरेका थिए।

     

    कार्यक्रम संचालन गर्दै नेपालले राजदुतावाससँगको सहकार्य र सहयोगको सराहना व्यक्त गरेका थिए । नेपालले आज सम्मको संस्थाका गतिबिधि र संस्थाका हाल सम्मका प्रगतिको जानकारी गराउदै नेपालि राजदूताबासले गरेको सहकार्यको खुलेर प्रसंशा गरे ।

    कार्यक्रममा राजदुत कोइरालाले संस्थालाई धन्यबाद दिदै नेपालि ब्याबसायी संघ कतारको खुलेर प्रसंशा गर्दै संघलाई धन्यवाद दिए । उनले कतार रहुन्जेल संघ सहित नेपाली संघ संस्थाहरु सँगको सहकार्य राम्रो भएकोमा सबैलाई धन्यवाद दिए ।

    कार्यक्रमको समापन गर्दै अध्यक्ष चम्लागाईले राजदुतावासले गरेको कार्यहरुको प्रसंशा गरेका थिए । अध्यक्ष चम्लागाईले कार्यकम समापन गर्दै राजदुत कोईरालाको खुलेर प्रसंशा गरे उनले राजदुत कोईरालाले आफ्नो कार्यकालमा कतारमा रहेका नेपालीहरुको हित र सिंगो देशको हितमा काम गर्नुभएको बताए ।

    राम्रो काम गर्दा गर्दै पनि राजदुत कोईरालालाई सरकारले फिर्ता बोलाएकोमा अध्यक्ष चम्लागाईलगाएत उपस्थित ब्याबसायीहरुले रोष प्रकट गरे । उनिहरुले राजदुत कोईरालाको कार्यकाल अत्यन्तै सफल रहेको बिस्लेषण समेत गरे ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु