• एनआरएनए गल्फ उप–संयोजक गुरुङद्वारा विज्ञप्ती मार्फत भ्रामक समाचारको खण्डन

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २८ बैशाख २०७६, शनिबार २०:०३

    दोहा,गैर आवासीय नेपाली संघ (एनआरएनए)अन्तराष्ट्रिय समन्वय परिषद गल्फ उप–संयोजक प्रविन गुरुङले आफ्ना विषयमा एक साप्ताहिक पत्रिका र केही अनलाईन संचार माध्यमले गरेको अनर्गल समाचारको विषयमा विज्ञप्ती जारी गर्दै खण्डन गर्दै कपोल कल्पित र भार्मक समाचारको बिस्वाश नगर्न समेत अनुरोध गरेका छन् । उनले आफ्नो र आई सि सि सदस्य मनोज गोर्खालीको नाम जोडेर गलत समाचार प्रकाशित गर्ने संचार माध्यमलाई कारबाहीको माग समेत गरेका छन् विज्ञप्तीमा भनिएको छ चितवन घर भै कतारमा लामो समयदेखि निजि व्यवसायको अतिरिक्त नेपालीहरुको साझा संस्था गैर आवासिय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद गल्फ उप –संयोजक पदमा वहाल रहँदै आएको र गैर आवासिय नेपालीहरुको महान अभियानमा हिजो, आज र भोलीका दिनहरुमा समेत निरन्तर रहने कुरा गुरुङ्गले संकल्प गरेका छन् ।

    लामो समय देखि सामाजिक अभियानमा निरन्तर रहेको साथै सामाजिक कार्यको अतिरिक्त कतारमा आफ्नो निजी व्यवसाय पनि संचालन गर्दै नेपाली दाजुभाइहरुलाई रोजगारी समेत दिँदै आईरहेको विज्ञप्तीमा भनिएको छ । आफुलाई लक्षित गरी केही सन्चार माध्यमले चरित्रहत्या गरेकोमा उनले विज्ञप्ति मार्फत खेद एवंम् भत्र्सना गरेका छन् । यदि समाचारमा भनिए जस्तो कुराहरुको पुष्टि भएमा कारवाहीको भागिदार हुने तर गलत समाचार लेखी भ्रम फैलाउने पक्षले पुष्टि गर्न नसकेमा उक्त संचार माध्यमलाई कारवाहीको दायरामा ल्याई प्रचलित कानुन अनुसार कारवाही गर्न समेत गुरुङले माग गरेका छन् ।

    एउटा सामाजिक अभियान्ता भएको नाताले समाज वा समुदायको हित विपरित कार्यहरु गर्न वा गराउनका लागि न त प्रोत्साहन गर्न नै मिल्छ न नैतिकताले दिन्छ यो त केवल व्यक्तिगत चरित्र हत्या गर्ने षडयन्त्र भएको विज्ञप्तीमा उल्लेख छ । गैर आवासिय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदको विश्व सम्मेलन पश्चात संस्थागत रुपमा गल्फ उप–संयोजक पदको जिम्मेवारी प्राप्त भए पश्चात आफ्नो पदिय जिम्मेवारीलाई कुशलतापुर्वक निर्वाह गर्दै आइरहेको र सामाजिक कर्तव्यलाई शिरोपर गरि समाज प्रति आँच आउने कार्य नगरेको र भबिस्यमा पनि नगर्ने गुरुङले बताएका छन् । अहिले सम्म कुनै प्रकारको आर्थिक विचलनमा सहभागि नभएको र नेपालको कुनै पनि मेनपावर कम्पनीलाई दुरुपयोग नगरेको उनले प्रष्ट्याएका छन् । गलत कुरालाई शिर्षक वनाएर पत्रकारिताको सस्तो लोकप्रियता कमाउने धन्दामा लागेर पत्रकारिता जगतको धज्जी उडाउने र पित पत्रकारितामा लाग्ने जो कोहिलाई सामाजिक वहिस्कार गर्न र यसरी पत्रकारिताको नाममा यस्ता हर्कतमा लाग्ने कुनै पनि व्यक्ति वा समुह जो कोहिलाई प्रचलित कानुनको दायरामा ल्याई कारवाही गर्न समेत गुरुङले माग गरेका छन् । समाचारमा लेखिए जस्तो कुनै पनि विषय वास्तविकता नरहेकोले भ्रममा नपर्नु हुन पनि गल्फ उप–संयोजक गुरुङले विज्ञप्ती मार्फत सबैलाई अनुरोध गरेका छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु