नेपाल हेभी इक्विपमेन्ट व्यवसायी संघ काठमाडौमा  महेश कुँवरको नेतृत्वविकास शिल्ड उपाधि पुरुषतर्फ सशस्त्र प्रहरी बल एपीएफ र महिलातर्फ सुदुरपश्चिम प्रदेशलाईमधेशी एकता समाजको होली समारोह धुमधाम र भव्यताका साथ दुबईमा सम्पन्नHONOR Wins 45 Media Awards at MWC 2024नयाँ गठबन्धन निर्माणसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तीन जना मन्त्री नियुक्तनेपाल मेडिकल कलेजमा श्रवण सम्बन्धी निःशुल्क स्वास्थ्य जाँचलक्ष्मी ग्रुपका अध्यक्ष श्रेष्ठलाई ‘कर्पोरेट लाइफटाइम अचिभमेन्ट अवार्ड’, को हुन् उनी ?राष्ट्रिय सभाका निर्वाचित १९ सदस्यले आज शपथग्रहण गर्दैविकास शिल्ड राष्ट्रिय ह्वीलचियर बास्केटबल च्याम्पियनसिपः सुदुरपश्चिम र लुम्बीनी फाइनलमा प्रवेशतपाईंको आजको दिन कस्तो छ ? हेर्नुस् राशिफल

१३ जनालाई सम्मान गर्दै न्यूजलाइन्स मिडियाले मनायो भव्य वार्षिकोत्सव

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ बैशाख २९ गते, आईतवार १९:३१

काठमाडौँ – न्यूजलाइन्स मिडियाले आफ्नो दोश्रो वार्षिकोत्सव भव्य रुपले मनाउँदै समाजमा अतुलनीय भूमिका निभाउने १३ जनालाई सम्मान गरेको छ।

सम्मानित हुनेमा शिव अधिकारी(अविरल), माधव प्रकाश सुवेदी, कुमार चालिसे, शिवहरि खनाल, राजेन्द्र मर्हजन, विकास थपलिया, महेन्द्र अधिकारी, विष्णुमाया पौडेल, अविनाश प्रसाईं, रामबहादुर थापा, मनिषा श्रेष्ठ, मनोजकुमार श्रेष्ठ(भरेल), नारायण रेग्मी रहेका छन्।

न्यूजलाइन्स् मिडियाकी प्रबन्ध निर्देशक रिता ढकालको सभापतित्व, मन्त्रिपरिषद्का पूर्व अध्यक्ष एवम् पूर्वप्रधानन्यायाधी खिलराज रेग्मीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा विशिष्ठ अतिथिमा पूर्व मन्त्री एवम् प्रदेश तीनका सांसद राजेन्द्र प्रसाद पाण्डे पर्यटन बोर्ड सञ्चालक समितिका सदस्य दिपक महत, वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी थिए।

त्यसैगरी अतिथिमा राजपाका वरिष्ठ उपाध्यक्ष राजकुमार थापा, लोककृष्ण भट्टराई, रामप्रसाद न्यौपाने, भरत कुमार गौतम रहेका थिए । कार्यक्रममा न्यूजलाइन्स मिडियाको दोश्रो वाषिकोत्सव लेखिएको केक काटिएको थियो।

उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि रेग्मीले अनलाइन मिडियाले अरुको चोर्न प्रवृति छाडेर आफ्नो मौलिक समाचार प्रकाशन गर्नुपर्ने बताउँदै भ्रमण वर्ष २०२० लाई सफल बनाउन सबै मिडिया, सर्वसाधारण सबैले आ–आफ्नो क्षेत्रबाट भूमिका निर्वाह गर्नुपर्ने बताए।

त्यसैगरी विशिष्ठ अतिथि राजेन्द्र पाण्डेले २०४६ सालको आन्दोलनलाई सम्झँदै समाज परिवर्तनमा मिडियाको उल्लेखनीय भूमिका हुने बताए। उनले भ्रमण वर्ष २०२० मा पनि मिडियाले पहिलाको जस्तै भूमिका निर्वाह गर्नुपर्ने जनाए।

न्यूजलाइन्स मिडियाकाे स्मारिका विमाेचन गरिएकाे उक्त कार्यक्रममा समाचार सम्प्रेषणमा सहयोगी पत्रकारहरूलाई मायाको चिनो प्रदान गरिएको थियो।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु