• अष्ट्रेलियाको सिड्नीमा आयोजना भएको गैरआवासीय नेपाली संघको दुई दिने ओसेनिया क्षेत्रीय सम्मेलन सफलतापूर्वक सम्पन्न

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ३० बैशाख २०७६, सोमबार १३:५१

    अष्ट्रेलिया– अष्ट्रेलियाको सिड्नीमा आयोजना भएको गैरआवासीय नेपाली संघ(एनआरएनए) को दुई दिने ओसेनिया क्षेत्रीय सम्मेलन सफलतापूर्वक सम्पन्न भएको छ । ‘इन्भेष्टमेन्ट, इन्नोभेसन र टुरिजम’ नाराका साथ शनिबारदेखि सुरू भएको सम्मेलन मुलुकमा लगानी, पर्यटन प्रवद्र्धन र विदेशमा सिकेको सीप र ज्ञानलाई मुलुक भित्र्याउने जस्ता नौ बुँदे सिड्नी घोषणापत्र जारी गर्दै सम्पन्न भएको हो कार्यक्रममा एनआरएन आइसिसी अध्यक्ष भवन भट्टले मुलुकका विकास निर्माणमा गैर आवासीय नेपाली संघको अभियान जारी रहेको बताए ।
    कार्यक्रममा प्रमुख अतिथि रहेका कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले प्रवासी नेपालीलाई नेपालमा लगानी गर्न कुनै डर मान्नुपर्ने अबस्था नभएको बताए । सम्मेलनको शनिबार समापन समारोहलाई प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै मन्त्री ढकालले भने– ‘एकपटकको नेपाली सधैंको नेपाली भन्ने मागलाई कानुनी रूपमा नै पूरा गर्न वर्तमान सरकार लागिरहेको छ ।’ स्वदेशमा लगानी, पर्यटन प्रवर्द्धन र विदेशमा सिकेको सिप तथा ज्ञानलाई मुलुकमा भित्र्याउने जस्ता निर्णयका साथ सम्पन्न सो सम्मेलनमा लिवरल पार्टीका नेता तथा अस्ट्रेलियाका अध्यागमन, नागरिकता तथा बहुसांस्कृतिक मन्त्री डेविड कोलम्यानले आफ्नो पार्टी लिबरलले पुनः जित हासिल गरेमा नेपाली सामुदायिक भवन निर्माणका लागि १० लाख अस्ट्रेलियन डलर सहयोग गर्ने घोषणा समेत गरे ।
    कार्यक्रममा एनआरएन आइसिसी अध्यक्ष भवन भट्टले मुलुकका विकास निर्माणमा गैर आवासीय नेपाली संघको अभियान जारी रहेको सुनाए । तेस्रो ओसेनिया क्षेत्रीय सम्मेलनमा बोल्दै अध्यागमन मन्त्री कोलम्यानले सामुदायिक भवनमार्फत् अस्ट्रेलियामा रहेका नेपालीहरूले आफ्ना सांस्कृतिक, सामुदायिक तथा अन्य कार्यहरू गर्न पाउने तथा यसले समग्र समुदायको एकतामा थप टेवा पुग्ने बताए । ‘सत्तारुढ स्कट मोरिसन सरकार अस्ट्रेलियामा रहेका नेपालीहरूको संस्कृति, इतिहास तथा रीतिरिवाजको जगेर्ना तथा उत्थान गर्नका निमित्त प्रतिबद्ध छ’, कार्यक्रममा मन्त्री कोलम्यानले भने । नेपाली समुदाय अस्ट्रेलियामा सबैभन्दा छिटो बढिरहेको समुदाय हो र यो सामुदायिक भवनमार्फत् अस्ट्रेलियाको न्यूसाउथवेल्स राज्यमा वसोवास गरिरहेका नेपालीहरूको केन्द्र बन्न सक्ने धारणा पनि उनले अघि सारे । उनले नेपाल र अष्ट्रेलियाको बीचमा अत्यन्त सकारात्मक सम्बन्ध रहेको बताउँदै विशेष गरेर शिक्षाको क्षेत्रमा नेपालीहरू तेस्रो स्थानमा रहेको समेत सुनाए ।
    गत वर्षमात्रै २६ हजार नेपालीलाई विद्यार्थीलाई भिसा दिएको तथ्यांक प्रस्तुत गर्दै उनले नेपालीहरूले अष्ट्रेलियालाई बहुसांस्कृतिक देश बनाउनका लागि मात्रै नभई अस्ट्रेलियाको आर्थिक उन्नतिमा महत्वपूर्ण सहयोग गरेको जानकारी दिए । कार्यक्रममा एनआरएन आईसीसी अध्यक्ष भवन भट्टले मुलुकका विकास निर्माणमा गैरआवासीय नेपाली संघको अभियान जारी रहेको बताए । कार्यक्रममा लेबरकी सिनेटर क्लियर मुरले लेबर पार्टीले आगामी सरकार बनाए नेपाललाई दिने सहयोगमा हरेक वर्ष वृद्धि गर्ने र प्यारेन्ट भिसा शुल्कमा सहुलियत प्रदान गर्ने घोषणा गरिन् ।
    कार्यक्रममा ओसेनिया संयोजक धर्मराज अधिकारीले सबैको सहयोग र सदभावले कार्यक्रम सफल भएको बताए । ‘यहाँ उठेका विविध क्षेत्रका पाटा र लगानीका विविध पक्षहरूलाई नेपालमा कार्यान्वयन गराउनेतर्फ यो कार्यक्रमले सकारात्मक भूमिका खेल्ने कुरामा हामी विश्वस्त छौँ’, अधिकारीको भनाई थियो । ओसेनिया सम्मेलनमा नेपालबाट कानुनमन्त्री भानुभक्त ढकाल, प्रदेश ५ का सांसद विष्णु पन्थी अस्ट्रेलियाका लागि नेपाली कार्यवाहक राजदूत द्रुपदा सापकोटा, महासचिव बद्री केसी, उपाध्यक्षहरू कुमार पन्त र कुल आचार्य, सह–कोषाध्यक्ष सोम सापकोटा, पूर्वअध्यक्ष शेष घले, एनआरएनए अस्ट्रेलियाका अध्यक्ष टोनु घोताने, न्यू साउथवेल्सका महावाणिज्यदूत दीपक खड्का, साउथ अस्ट्रेलियाका महावाणिज्यदूत दीपक धमला लगायत विभिन्न देशका एनआरएन प्रतिनिधिहरूका साथै गैरआवासीय नेपालीहरूको बाक्लो उपस्थिति थियो । कार्यक्रममा नेपालमा विदेशबाट पर्यटक भित्र्याउने बारे आफू र आफ्नो सस्थाले गरेका र आगामी दिनमा गर्न लागेका विविध कार्यका बारेमा सोम सापकोटाले जानकारी दिएका थिए ।
    सम्मेलनले गरेका नौ बुँदे निर्णयहरुमा गैरआवासीय नेपालीहरुको सामूहिक लगानीलाई नेपालको समृद्धिमा सहयोग पुग्ने गरी परिचालन गर्न स्थापित हुने सामूहिक लगानी कोष, जलविद्युत, लगायतका परियोजनाहरुमा यस क्षेत्रबाट पनि सक्दो लगानी गर्ने प्रतिबद्धता व्यक्त गरेको छ भने नेपाल सरकारद्वारा घोषणा गरिएको भ्रमण वर्ष २०२० लाई सफल बनाउन गैरआवासीय नेपाली संघले अघि सारेको ‘नेपाल प्रवद्र्धन वर्ष २०१९’ अभियानलाई विभिन्न प्रवद्र्धनातमक कार्यक्रम सञ्चालन गरी भ्रमण वर्ष २०२० लाई सफल बनाउने निर्णय उल्लेख छ ।
    यसैगरि महिला सशक्तिकरण अभियानको थालनी र महिला उद्यमशीलतालाई प्रोत्साहन दिन कार्ययोजना अगाडि बढाउने, स्वदेश तथा विदेशमा हुने घरेलु हिंसाविरुद्ध जनचेतना अभियान सञ्चालन गर्दै गैरआवासीय नेपाली अभियानको मूलधारमा महिला सहभागिताको सुनिश्चितता गराउन, गैरआवासीय नेपाली संघले नलेज सिटी तथा एकेडेमीको प्रस्तावलाई आत्मसात् गरी कार्यान्वयन गर्न प्रमुख भूमिका खेल्ने र विदेशमा रहेका नेपाली ज्ञाताहरुको सीप, ज्ञान र प्रविधिलाई नेपालको विकासमा लगानी गर्ने वातावारण बनाउने उल्लेख छ । यस्तै नेपाल र अस्ट्रेलिया बीचमा आपसी सहयोग सद्भावलाई कायम ब्गककष्भःभम ँयगलमबतष्यल ब्गकतचबष्बि र ल्भउब िक्अष्भलअभ ँयगलमबतष्यल, ल्च्ल्ब् बीचमा सहकार्य गर्ने निर्णय गर्दै आपसी सम्झौतामा हस्ताक्षर सम्पन्न भएको बताइएको छ । यसैगरी ओसेनिया क्षेत्रमा बसोबास गर्ने युवा तथा दोस्रो पुस्तालाई गैरआवासीय नेपाली अभियानको मूलधारमा समाहित गर्न उनीहरुका निम्ति उपयोगी र आकर्षण गर्न सकिने कार्यक्रमहरु तय हुनुपर्ने महसुश गरी आगामी दिनमा यसतर्फ विशेष ध्यान दिनुका साथै यस क्षेत्रका गैरअवासीय नेपाली बालबालिकालाई नेपालीभाषा, संस्कार, संस्कृति सिकाउने कार्यक्रमहरु तय गर्ने निर्णय गरिएको बताइएको छ ।
    यसैगरी आवश्यक कानुन निर्माण गरी तत्काल गैरआवासीय नेपाली नागरिकता वितरण गर्न र नागरिकता प्राप्त व्यक्तिले अन्य सम्पूर्ण अधिकार प्रयोग गर्न सक्ने गरी सम्पूर्ण व्यवस्था ऐनमै गर्न यो बैठक सम्बधित निकायलाई अनुरोध गर्ने, अस्ट्रेलिया सरकार तथा राजनीतिक दलहरुको नेपाली समाजसँग सहयोग र सहकार्य गर्ने प्रतिबद्धताको बैठकले स्वागत गरेको छ । बैठक सफलतापूर्वक सम्पन्न गर्न सघाउने नेपाल सरकार, अस्ट्रेलिया सरकार, अस्ट्रेलियास्थित नेपाली दूतावास, सम्पूर्ण एनसीसीहरु, आयोजक राष्ट्र अस्ट्रेलिया र प्रायोजकहरु स्वयंसेवी, पत्रकार, कलाकार सबै पक्षलाई सम्मेलन आयोजकले धन्यवाद व्यक्र गरेका छन् ।जनसवाल दैनिक मा समचार छ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु