• छाया नेपालको सहयोगमा निर्मित शिशु कक्षाको भवन उदघाटन

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ३० बैशाख २०७६, सोमबार १६:२०

    रौतहट ।राजेश साह ।बैशाख रौतहट जिल्लाको परोहा नगरपालिकाका उपप्रमुख सुगान्धी देवी गिरी तथा छायाँ नेपाल कार्यकारी निर्देशक कमल थापा ज्यू बाट उदघाटन कार्यक्रम सम्पन्न भएको छ।

    परोहा नगरपालिका वडा नं.६ भेडियाही स्थित श्री प्राथमिक विधालयमा छाया नेपालको सहयोगमा निर्मित शिशु कक्षाको भवनको उदघाटन पछि संचारकर्मी सित छोटो कुरा गर्दै उपमेयर गिरीले नगरपालिकामा कुनै किसिमको विवाद विभेद नरहेको दावी गरे । उनले भने हाम्रो नगरपालिकामा मेयर उपमेयर विच मतभेद छैन । अरु नगरपालिकामा जे जस्तो भएपनि मेरो नगरपालिकामा कुनै समस्या रहेको छैन ।

    पत्रकारले उपमेयरहरुले विभेद भयो भनिरहेको छ नि भनि सोधेको प्रश्नको जवावमा उपमेयर गिरीले अरुले केही भने पनि मलाई कुनै अप्ठयारो नरहेको छ । मेरो सम्वन्ध मेयर , प्रमुख प्रशासकिय अधिकृत रहेको छ।
    छायाँ नेपाल तथा परोहा नगरपालिका को संयुक्त रुपमा सहयोग र राष्ट्रिय अपाङ्ग महासंघ नेपाल को आयोजनामा ECD भवन बिधालय भवन उदघाटन गरेको छ ।उदघाटन कार्यक्रम धुमधामका साथ सुसम्पन्न गरीएको छ ।सो कार्यक्रम आयोजना मा बिधालय को शिक्षाहरू , शिक्षिक हरू, गाउँ को राजनीतिक दल, योजना अधिकृत, पत्रकार, बुद्धिजीवी तथा बालबालिका हरू समेत उपस्थिति रहेको थियो।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु