मधेशी एकता समाजको विशेष अधिवेशन सम्पन्न, डा. यादवको नेतृत्वमा नयाँ अन्तर्राष्ट्रिय समिति गठनउपाध्यक्ष आचार्यद्वारा पदवहालीनेरिक क्वाटरफाइनलमाआज माघी र माघे सङ्क्रान्तिप्रथम खुला महिला फुटसल च्याम्पियनसिप–२०८१ सफलता पूर्वक सम्पन्नस्याडजाको चापाकोटमा मनाइयो पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसश्रीस्वस्थानी व्रतकथा तथा माधवनारायणको पूजा आजबाटआज देशभर पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव, उच्च पहाडी तथा हिमाली भूभागमा हिमपात हुनेनुवाकोटमा रेकर्डेट रक्तदाता प्रेमसागर कर्माचार्यको १८१औं रक्तदानचलचित्र ‘वसन्त’ को पहिलो गीत ‘साँझ पर्यो झमक्क’ सार्वजनिक

एकसय बर्षको उमेरमा पुगे बरिष्ठ इतिहासविद डा.सत्यमोहन जोशी

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ बैशाख ३० गते, सोमबार १९:३६

काठमाडौं। नेपालका शताब्दी पुरुष तथा बरिष्ठ इतिहासविद डा.सत्यमोहन जोशीको आजवाट एकसय बर्षको उमेरमा पुगेका छन्। आजकै दिन ललितपुरमा जन्मेका शताव्दी पुरुष डा.जोशीको भव्य रुपमा जन्मोत्सव मनाउने कार्य भैरहेको छ।

डा.जोशीको एक सय बर्षको जन्मोत्सवको अवसरमा ललितपुर महानगरपालिकाले यो एक बर्षभरि नै विविध कार्यक्रम गर्ने भएको छ।

आज ललितपुर महानगरपालिकाले शताव्दी पुरुष डा.जोशीलाई बग्गीमा राखेर महानगर परिक्रमा गराएर भव्य अभिनन्दन गरिने जानकारी ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले बताएका छन्।

डा.जोशीको एक सय बर्षको जन्मोत्सवको अवसरमा ललितपुर महानगरपालिकाले ललितपुर महानगरभित्र आज सोमवार सार्वजनिक विदा गरेको छ।

-भिजनसन्सारबाट

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु