• ‘होस्टेल’ र होस्टेल रिर्टन्स पछि ‘होस्टेल ब्याक अगेन’ निर्माण हुने

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ३० बैशाख २०७६, सोमबार १९:४५

    काठमाण्डौं।  फिल्म ‘होस्टेल ब्याक अगेन’ निर्माण हुने भएको छ । दुर्गेस फिल्मस् र काफिया फिल्मस्को ब्यानरमा ‘होस्टेल’ र होस्टेल रिर्टन्स पछि यही सिरिजको तेश्रो फिल्म ‘होस्टेल ब्याक अगेन’ निर्माण हुने भएको हो । फिल्मको छायाँकन अमेरिकामा गरिने भएको छ । यसै फिल्म मार्फत सुनिल रावलले निर्देशनमा डेब्यू गर्ने भएका छन् । फिल्म ‘सायद २’ मा नायिका स्यारोन श्रेष्ठलाई सेक्सुअल ह्यारेसमेन्ट गरेको आरोप लागेपछि निर्माता रावल विदेश पलायन भएका थिए ।

    हरेक देशबाट अमेरिका अध्ययनका लागी गएका र होस्टेलमा बसेका युवायुवतीहरुको विषयलाई मुख्य कथा बुनेर होस्टल ब्याक अगेन निर्माण गरिने भएको छ । फिल्म ‘होस्टेल ब्याक अगेन’मा स्वयम रावलको कथा , रायन राइको पटकथा, संवाद रहनेछ । फिल्मको छायाँकन अगस्टबाट सुरु हुने छ ।

    -फिल्मिफन्डाबाट

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु