• कृषि प्रदर्शनी मेलाको सम्पुर्ण तयारी पुरा

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ३१ बैशाख २०७६, मंगलवार १६:१३

    नरेन्द्र थिङ बैशाख ३१,ककनी, इतिहासमै पहिलोपटक कृषि मेला हुने भएको छ । यहीँ जेठ ४ गते देखि ८ गतेसम्म ककनी गा पा -४, रानीपौवामा हुने भएको छ । कार्यक्रम पोस्टबहादुर बोगटी स्मृति प्रतिष्ठान वनस्थली, काठमाडौ आयोजक र ककनी गा. पा. को सहआयोजकमा हुने ।
    कार्यक्रम नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दहाल(प्रचण्ड)बाट उद्घाटन गरिनेछ । अन्य दिनमा पूर्व प्रधानमन्त्रीहरु, मन्त्री तथा साम्सदहरु, पूर्व मन्त्री तथा पूर्व साम्सदहरु तथा अन्य बिशिस्ट ब्यक्तिहरुले सम्बोधन गर्नु हुनेछ । यस बाहेक राष्ट्रिय स्तरका कलाकारहरूको बेजोड प्रस्तुति पनि रहेको छ ।
    पाँच दिन सम्म चल्ने कार्यक्रममा नुवाकोटका २ नगरपालिका र १० गाउँ पालिका गरि १२ वाटै स्थानीय पालिकाले आफ्नो पालिकामा उत्पादन हुने कृषि समूह सूचीकरण खेतीतर्फबाट कफी, चिया, स्ट्रबेरी, किवि, एभोकार्डो, च्याउ, सिन्की चाना, अलैंची जस्ता कृषि सामग्री र पशुपन्छी तर्फबाट ट्राउट माछा, बदेल, कालिज, तित्रो, च्याखुरा, बट्टाई रहेको छ भने अन्य तर्फबाट डोको, थुन्चे, डालो, मान्द्रो, चित्रा लगायत यस कृषि मेला प्रदर्शनीमा राखिनेछ ।
    यस मेलाको आकर्षकको रूपमा पुरस्कारको पनि व्यवस्था गरिएको छ । कृषि मेला प्रदर्शनीमा ल्याइएका मूल्याकंनको आधारमा उत्कृष्ट सामग्रीलाई नगद रु २०,०००/- १०,०००/- ८,०००/- ६,०००/- ४,०००/- २,०००/- र १,००० का दरले प्रोत्साहन स्वरुप पुरस्करको पनि व्यवस्था गरिएको छ ।
    कार्यक्रमलाई सबै तर्फबाट वयवस्थित बनाउन स्वयंसेवकहरुको पनि व्यवस्था गरिएको।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु