• खेलमा सधै फायर एन्ड हायर प्राथमिकतामा राखे जित्न सकिन्छ -डिएन घिसिङ

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १ जेष्ठ २०७६, बुधबार १६:२२

    खेलकुदमा जित मनोबिज्ञानको बिषय सबैभन्दा महत्वपुर्ण हुन्छ। खेलमैदानमा खेलाडीले जित वा हार मध्ये एउटा पक्षमा उभिनै पर्छ। विपक्षी आफ्नो भन्दा कम्जोर रहे जित मनोबिज्ञानले अगाडि धकेल्छ।प्रतिस्पर्धीमा प्रतिद्वन्दी सशक्त रहेमा हार तर्फ समर्पण गरिन्छ। स्पोर्टस साइकोलोजीमा विशेष केन्द्रित रहेको अमेरिकी सस्था ग्रुप “माइन्ड अफ एथलेट” ले जित र हारको नतिजा ९०% मनोबिज्ञानमा आधारित रहेको तथ्य सार्बजनिक गरेको छ।प्रतियोगिताको खेलमैदानमा कुन मनोबिज्ञानले प्रतीस्पर्धीमा उत्रिएको हो, त्यसैमा नतिजा भर पर्ने उक्त स्पोर्टस साइकोलोजीको सोधपत्रमा उल्लेख गरिएको छ।
    खेलाडीको प्राबिधिक तयारी ,पारिवारिक लगाएतका सुश्म कुराहरु धेरै महत्वको रूपमा हेरिएको छ।सामन्यातय खेल मनोबिज्ञान र जित मनोबिज्ञान उस्ता-उस्तै देखिएता पनि फरक परिभाषामा अर्थ्याएको छ। सामन्यतय खेलमा “गिब रेस्पेक्ट ,टेक रेस्पेक्ट”को अब धारणाको मुलभुत सिधाान्तमा रहेर सहभागी भएका हुन्छ्न।त्यस्तै ,तत्कालको परिस्थिति भन्दा पनि पुर्ब तयारीमानै “माइन्ड अफ च्याम्पियन” अर्थात जित मनोबिज्ञान रहेको तथ्य बढी बैज्ञानिक रहेको खेलबिज्ञहरुको धराणा पाइन्छ।खेलमैदानमा हायर एन्ड फायर अबलम्बन गर्ने खेलाडी नतिजाबाट बिमुख हुनुपर्दैन।तत्कालको परिस्थिति सग त्यही मनस्थिति जुजारुप बनाइसके पछि उत्कृष्टतामा अब्बल देखिने हो।आम खेलप्रेमी मानिसको सोधाइ हुन्छ।उसले जित्नु पर्ने जितेन?उसले हार्नु पर्ने हारेन?प्रतिउतरमा तत्कालको परिस्थिति र पुर्ब तयारी रहन्छ।
    फेरि सधै खोजिएको कुरा हो तयारी गर्दा उत्कृष्टता अभ्यास गर्छन तर प्रतियोगिताको मैदानमा खेलको नतिजा प्राप्त गर्न सकिदैन कसरी ?यहाँ यहि कुरा सबैभन्दा गहिरिएर बुझ्नु पर्ने हुन्छ। खेल मनोबिज्ञान बाट तयारी जितमा खेलाडीलाई कसरी तयारी गर्ने भन्ने भावना जब प्रमोटर वा सहयोगीमा रहन्छ तब खेलको स्तर उन्नत हुँदै जान्छ।पक्तिकार नेपाली खेलकुदमा बिगत २दशक देखी प्रत्यक्ष सहभागी रहदै आउनु भएका खेलबिज्ञ हुन।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु