तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

पदम विश्वकर्माको पहिलो कथा संग्रह तमसुक लोकार्पण

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ जेष्ठ ३ गते, शुक्रबार ६:१७

करिब दुई दशक देखी अमेरिकामा रहदै नेपाली साहित्यलाई विश्वभर फैलाउने अभियानमा सकृय रहदै आएका साहित्यकार पदम विश्वकर्माको पहिलो कथासंग्रह तमसुकको लोकार्पण गरिएको छ । प्र ज्ञा भवनमा आयोजित उक्त लोकार्पण कार्यक्रममाझ साहित्यकार माया ठकुरी, अनेसास नेपाल च्याप्टरका अध्यक्ष राधेश्याम लेकाली लगायतले तमसुकको लोकार्पण गरे । लोकार्पण कार्यक्रममा साहित्यकार कृष्ण धरावासी, प्रा. डा. सुरेन्द्र केसी लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथीको आसनबाट बोल्दै बरिस्ठ साहित्यकार माया ठकुरीले साहित्यकार पदम विश्वकर्माको कृतिले समाजमा रहेको दोयद चरित्रलाई उजागर गर्नु निकै सुन्दर पक्ष रहेको बताईन् ।

अनेसास नेपाल च्याप्टरका अध्यक्ष राधेश्याम लेकालीले विगतमा अनेसासको दुई कार्यकाल सफल नेत्रीत्व समालिसकेका साहित्यकार पदम विश्वकर्माको कृतित्व र ब्यक्तित्व निकै गौरवशाली रहेको चर्चा गरे ।

कथा संग्रहकी समिक्षक ज्ञानु अधिकारीले तमसुकले मानव जीवनको विसम परिस्थितीलाई दर्शाएको बताउदै प्रविधी, पैसा र नशाले मानव जीवनमा पार्ने प्रभावका सन्दर्भमा मिहिन रुपमा प्रस्तुत गरेको बताईन ।

कथा संग्रहका लेखक पदम विश्वकर्माले आफ्नो लेखन यात्रालाई साथ र हौसला प्रदान गर्ने काम आफ्नो श्रीमती कमला विश्वकर्माको ठुलो देन रहेको बताउदै तमसुक पढदै जादा पात्रको जीवनमा आँफै प्रवेश गरेको आभाश मिल्ने दाबी पेश गरे ।

नेपाल लघुकथा संघका अध्यक्ष श्री ॐ श्रेस्ठ रोदनले कथाकारले प्रवासी नेपालीले विदेशी भूमिमा भोगेका सन्दर्भलाई निकै सिर्जनात्मक रुपमा प्रस्तुत गरेको बताए ।

त्यस्तै साहित्यकार दामोदर पुडासैनीले अनेसासको सबल नेत्रीत्व गरेका पदम विश्वकर्माद्वारा सिर्जित तमसुक निकै लोभलाग्दो पुस्तकका रुपमा रहेको बताए ।

अनेसासका सल्लाहकार प्रा डा. खगेन्द्र प्रसाद लुईटेलले पदम विश्वकर्मा साहित्यकार भन्दा बढि साहित्यिक संस्थाको सबल नेत्रीत्वकर्ता रहेको उल्लेख गर्दै उनको लेखन शैली प्रसम्शायोग्य रहेको बताए ।

कार्यक्रममा शिखा बुक्सका संचालक पुष्पराज पौडेलले नेपाली साहित्यिक कृतिलाई अन्तरास्ट्रियकरण गर्न आ आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्न सबैमा आग्रह गरे ।

उक्त कथा संग्रह तमसुकको लोकार्पण कार्यक्रमको आयोजना शिखा बुक्सको तथा अखिल नेपाल साहित्य समाज- अनेसासले संयुक्त रुपमा गरेका थिए । कार्यक्रमको संचालन गीता मैनालीले गरेकी थिईन ।

शिखा बुक्सको प्रकाशन रहेको तमसुक ज्ञानज्योति बुक्स पब्लिकेसनले वितरण गर्दै आएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु