दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

हिन्दुराष्ट्रको पक्षमा आइतबार काठमाडौंमा बिशाल -यालि

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ जेष्ठ ४ गते, शनिबार २१:०५

काठमाडौ । हिन्दुराष्ट्रको पक्षमा आइतबार काठमाडौंमा बिशाल -यालि निकालिने भएको छ । सनातन संस्कृति समाज नेपालको आयोजनामा विभिन्न संघसंस्थाको सहकार्यमा आइतबार रत्नपार्कमा कोणसभा हुने भएको छ ।
समाजका अध्यक्ष हरिबोल भट्टराइले हिन्दु धर्ममाथि प्रहार भएकाले सबैलाई सचेतना जगाउन कार्यक्रम आयोजना गरिएको बताए । उनले अभियानमा सहयोग गर्न र -यालिमा सहभागी भएर सम्बन्धित निकायलाई दबाब दिन पनि आग्रह गरेका छन् । ‘अहिले हिन्दुराष्ट्र लोप भएको छ, राजनीतिक दलका नेताहरुले नबुझेर गलत बाटो लिए’ भट्टराइले भने ‘ हामी दबाब दिएर नै हिन्दुराष्ट्र कायम गरेर छोड्छौं तबसम्म हाम्रो आन्दोलन रोकिँदैन ।’ भट्टराइले त्यतिबेला नेताहरुले अरुको स्वार्थमा लागेर हिन्दु राष्ट्र हटाएको र आज आएर पछुताउन थालेको बताए । उनले देश र जनताको भन्दा अरु कसैको स्वार्थ पूरा गर्ने उद्येश्यले धर्म निरपेक्षता कायम गरिएको दावी गरे ।
बिहान ११ बजे भद्रकालीमा भेला भएर न्यूरोड, असन, ईन्द्रबजार, भोटाहिटी हुँदै रत्नपार्कमा कोणसभा हुने समाजका महासचिव पुष्पराज पराजुलीले बताए । पराजुलीले धर्म, संस्कृति र परम्परामाथि भइरहेको प्रहारले नेपाल र नेपालीको पहिचान गुमिसकेको बताए । समाजकै उपाध्यक्ष तारानाथ लुइटेलले यो अभियानमा जन समर्थन बढेको बताए । उनले भने ‘यो सबैको साझा एजेण्डा हो, कसैले नेतृत्व गर्नुपर्ने भएकाले हामी अघि बढेका हौं ।’ समाजले देशमा बढ्दै गएको राजनीतिक हस्तक्षेप, महंगी, भ्रष्टाचार र अनियमितताका बारेमा पनि सडक संघर्ष गर्ने जनाएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु