• हिन्दुराष्ट्र पुनस्र्थापनाका लागि भन्दै आइतबार काठमाडौंमा -याली

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ६ जेष्ठ २०७६, सोमबार ०८:३२

    काठमाडौ । हिन्दुराष्ट्र पुनस्र्थापनाका लागि भन्दै आइतबार काठमाडौंमा -याली निकालिएको छ । सनातन संस्कृति समाज नेपालको आयोजनामा विभिन्न संघसंस्थाको सहकार्यमा भद्रकालीबाट निकालिएको -याली रत्नपार्कमा गएर कोणसभामा परिणत भएको थियो ।
    कोणसभामा हिन्दु धर्मको अभियानमा संलग्न भएकाहरुले तत्काल हिन्दुराष्ट्र पुनस्र्थापना हुनुपर्ने माग गरेका थिए । समाजका अध्यक्ष हरिबोल भट्टराइले हिन्दु धर्ममाथि प्रहार भएकाले सबैलाई सचेतना जगाउन कार्यक्रम आयोजना गरिएको बताउनुभयो । उहाँले अभियानले लक्ष्य प्राप्ति नगरुञ्जेलसम्म अभियान चलाइरहने बताउनुभयो । -यालीमा विभिन्न संघसंस्थाको सहभागिता रहेको थियो । ‘अहिले हिन्दुराष्ट्र हराएको छ, राजनीतिक दलका नेताहरुले नबुझेर गलत बाटो लिए’ भट्टराइले भन्नुभयो ‘ हामी दबाब दिएर नै हिन्दुराष्ट्र कायम गरेर छोड्छौं त्यतिबेलासम्म हाम्रो आन्दोलन रोकिँदैन ।’ भट्टराइले नेताहरुले अरुको स्वार्थमा लागेर हिन्दु राष्ट्र हटाएको र आज आएर पछुताउन थालेको बताउनुभयो । उनले देश र जनताको भन्दा अरु कसैको स्वार्थ पूरा गर्ने उद्येश्यले धर्म निरपेक्षता कायम गरिएको दावी गर्नुभयो । भद्रकालीमा भेला भएर न्यूरोड, असन, ईन्द्रबजार, भोटाहिटी हुँदै रत्नपार्कमा कोणसभा हुने समाजका महासचिव पुष्पराज पराजुलीले जनाउनुभयो ।
    पराजुलीले धर्म, संस्कृति र परम्परामाथि भइरहेको प्रहारले नेपाल र नेपालीको पहिचान गुमिसकेको बताउनुभयो । समाजकै उपाध्यक्ष तारानाथ लुइटेलले यो अभियानमा जन समर्थन बढेको दावी गर्नुभयो । उहाँले भन्नुभयोे ‘यो सबैको साझा एजेण्डा हो, कसैले नेतृत्व गर्नुपर्ने भएकाले हामी अघि बढेका हौं ।’ समाजले देशमा बढ्दै गएको राजनीतिक हस्तक्षेप, महंगी, भ्रष्टाचार र अनियमितताका बारेमा पनि सडक संघर्ष गर्ने जनाएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु