दलित समुदायको अधिकार र संरक्षणका लागि नेपाली काँग्रेसले महत्वपूर्ण भूमिका खेलेको छ-पाण्डे

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : ६ जेष्ठ २०७६, सोमबार १०:१०

जेठ ६,पाल्पा – प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले देशभर एकसाथ ‘हिमाल, पहाड, तराई मधेश नेपाली काङ्ग्रेस राष्ट्रिय जागरण अभियान’अन्तरगत नेपाल दलित संघ पाल्पा को आयोजनामा तानसेनमा अनुशिक्षण तथा अन्तक्रिर्या कार्यक्रम दलित संघको अध्यक्ष लक्षमण हिताङ को सभापतित्वमा र नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं पल्पाका लागि केन्द्रिय प्रतिनिधि बाल कृष्ण पाण्डेको प्रमुख अतिथि मा सम्पन्न भयो । कार्यक्रम मा बोल्दै प्रमुख अतिथि पाण्डे ले दलित समुदायको अधिकार र संरक्षणका लागि नेपाली काँग्रेसले महत्वपूर्ण भूमिका खेलेको र बि पि कोइरालाको पाला देखि नै दलित समुदायको मुक्ती समाबेसी उनिहरुको हितको लागी दलितआयोग छुवाछूत प्रर्थाको अन्त्य बिधान मानै सबै तहमा सहभागिता छात्रवृत्ति जागिरमा आरक्षण जस्ता धेरै काम गरेको छ। पाल्पामा रहेका ४० हजार दलितमा ९ हजार मात्र काङ्ग्रेस को पक्षमा हुनु हाम्रो कार्यक्रम र बिचार दलित समुदायमा पुराउन नसकेकोले कार्याकर्तालाई जन जन सम्म पुग्न अनुरोध गर्नु भयो जागरणको मध्यमबाट काग्रेसले गरेका राम्रो कुरा जन जन समक्ष पुर्याउने प्रतिपक्ष हरूले गरेका कमि कमजोरी को पर्दाफास गर्न सबै कार्यकर्तालाई अनुरोध गर्नु समेत भयो ।संसद एवं पाटी सभापति बिरबहादुर रानाने पाल्पाली जनताको लागि आफू सदा सेवा गर्ने तयार रहेकोले सबैलाई मिलेर काम गर्ने आग्रह गरे। संसद एवं पुर्ब दलित सङ्का सचिब प्रकाश रसाइलि स्नेहिले दलित सङ्को इतिहास देखी आज सम्मका गतिबिधी को बरेमा प्रकाश पार्दै दलितको हित दलितको साथ काङ्ग्रेस मात्र रहेकोले हाम्रो उपलब्धि जनजन समक्ष पु-याउन पनि आग्रह गरे।कार्यक्रम मा कृष्ण बिकले कार्य पत्र पेस गरेका थिए। सचिब झबिन्द्र गैरेले कार्यक्रमको बिषयमा जानाकरी दिएका थियो।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु