पर्वतारोहणका साहसिक व्यक्तित्व र जीवन बचाउने नायक 'छिरिङ पेम्बा शेर्पा'आजको देशभरको मौसम ।। कतै हल्का बर्षा–कतै हिमपात ।। बाँकी भू‍–भागमा आंशिकदेखि साधारणतया बदलीहुम्लामा हिमपात ।। चिसो बढ्यो ।। ढिला हिमपात भएकोमा हुम्लावासी खुशी ।।आज अमेरिकी डलर एकको खरिदर १ सय ३५ रूपैयाँ २१ पैसाप्राचार्य गरैको सेवासँगै दान, आश्रमको एउटा कोठा निर्माण गर्नेगायक गोबिन्द राज आचार्यको नयाँ गित 'एकदिन उज्यालो छाउला' सार्वजनिकचलचित्र ‘मिसिङः केटी हराएको सूचना’ अब माघ ११ गतेचलचित्र ‘द्रौपदी’ आगामी ८ चैतबाट देशब्यापी रिलिज हुनेमोवाइल फोनको आविष्कारक मार्टिन कूपर अव ९५ बर्षबागलुङका पाँच सरकारी विद्यालय बन्द

जीवनमा हाँसो, खुसी, दुख, सुख धेरै भोगे अबको बाँकी समय संगीतमै रमाउदै बिताउन चाहान्छु: गायक माधव भण्डारी

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ जेष्ठ ६ गते, सोमबार १३:३०

लोक दोहोरी पारखी नेपालीजनका हृदयमा बसेका ‘धौलागिरीमा सके गुन तिरौला नत्र फिरिमा’, ट्याक्सी मोटरकार, गैरी पर्यो ताल, सोल्टिनीलाई बैना मारुकी, पाईन तिम्रो साथलगायतका लोकप्रिय गीतका गायक हुन् माधव भण्डारी । भण्डारीले गायका यी गीत अहिलेसम्म पनि लोकदोहोरी पारखी नेपालीजनको रोजाईमा पर्ने र मुखमै झुन्डिने गीतहरुका रुपमा रहेका छन् । विस २०५० सालमा पाल्पा रामपुरमा चिरञ्जीवी भण्डारीका कान्छा सुपुत्रका रुपमा जन्मेका भण्डारी सानै देखि गायनमा अति नै रुचि राख्द्थे । गाउँमा स्कुल पढ्दै गर्दा पनि स्कुलमा आयोजित लोकगीत प्रतियोगीताहरु मा भाग लिएर मीठो स्वरले सबैलाई प्रभावित पार्ने गर्थे भण्डारी । उनी मीठो आवाजको धनी भएको कारण सधैं प्रथम बिजेता बन्थे । उनी बताउँछन –‘मैले स्कुलमा प्रतियोगीता जित्ने र कापी कलम पाउँथे । ९ कक्षा पढ्दा सम्म पनि धेरै कापी कलम किन्न पर्दैनथ्यो ।’
लोक गायनको उवर्र भूमिमा जन्मेका भण्डारीकालागि गाउँ वरपर हुने गायन प्रतियोगिता झन् सहयोगी बने ।

उनी यस्ता गायन प्रतियोगीता सकेसम्म कतै नछुटी भाग लिन्थे र प्राय प्रथम स्थान हासिल गर्दथे । यसले उनलाई कलाकारिता क्षेत्रमा लाग्नका लागि ठूलो मद्दत गर्यो । संगीत क्षेत्रमा अगाढि बढन घर परिवारबाट पनि ठुलो साथ र सहयोग मिलेको बताउने भण्डारीका लागि बुबाआमा दाईहरु र दिदिबहिनीले पनि आवश्यक ठाउँमा सहयोगी भूमिका निभाउँदथे । उनी भन्छन–‘मलाई यो क्षेत्रमा लाग्नका निम्ति दाई दामोदर भण्डारीको मुख्य सहयोगी भूमिका रह्यो । जस्तै कहीकतै कार्यक्रम, प्रतियोगीता हुँदैछ भन्ने दाईले थाह पाउनुभयो भने म बाहिर कतै भएको भएपनि प्रतियोगीतामा उपस्थिति हँुदा लगाउने कपडाहरु बोकेर दाई मलाई त्यतैबाट लियर कार्यक्रम स्थलमा पुग्नु हुन्थ्यो ।’ विस २०५६ सालमा चर्चित गायक भगवान भण्डारीसँग काठमाडौं आए उनी र ‘हातमा जाले रुमाल’ नामक लोक दाहोरीे. गीत निकालेर नेपाली साङ्गितिक क्षेत्र मा औपचारिक पमा प्रवेश गरे ।तत्कालीन समयमा नेपालमै एक मात्र सञ्चालनमा रहेको पुकार दोहोरी सांझमा गायिका शर्मिला गुरुङ, लक्ष्मी पुन, गायक बद्री पंगेनी, राजु परियार साथै अरु धेरै चर्चित कलाकारहरु सँगै गायक भण्डारी पनि कलाकारका रूपमा काम गर्दथे । केही समयपश्चात् नेपालकै चर्चित हुन सफल छहारी दोहोरी साँझमा गायक भण्डारी पनि कलाकारका रुपमा आबद्ध भैरहँदा मीठो आवाजका धनी माधव भण्डारीलाई धेरै गीत सङ्गीत सर्जकहरुले आफुले निर्माण गरेका बिभिन्न गीतहरुमा आवाज दिनका लागि बोलाउन थाले । यसै क्रम मा गायक भण्डारीले हालसम्म ३५०० भन्दा धेरै लोकदाहोरी र आधुनिक, पप, भजन र बिभिन्न भाषाका गीतहरु लगभग १ सय ५० जति गाइसकेका छन् । प्रत्यक्ष दोहोरीमा प्रतिस्पर्धीसँग गाउन अत्यन्तै माहिर कहलिएका गायक भण्डारीले देशमा आयोजित बिभिन्न राष्ट्रिय दोहोरी गीत प्रतियोगीताहरु जस्तै–नेपाली लोक संस्कृति संरक्षण केन्द्रले आयोजना गरेको राष्ट्रिय दोहोरी गीत प्रतियोगिता, दक्षिण एसियाकै पहिलो स्वतन्त्र सामुदायिक सेवा रेडियो सगरमाथाले आयोजना गरेको राष्ट्रिय दोहोरी गीत प्रतियोगीता, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले आयोजना गरेको राष्ट्रिय दोहोरी गीत प्रतियोगीतामा आफुले नेतृत्व गरि भाग लिएर प्रथम स्थान हासिल गरिसकेका छन भने देश का विभिन्न ठाउँहरुमा आयोजित खुला लोक गीत प्रतियोगीताहरुमा प्रथम स्थान हासिल गर्न सफल भइसकेका छन् ।
राष्ट्रिय कलाकारको रुपमा आफ्नो सथान बनाइसकेका भण्डारी विस २०६२ सालमा नेपालकै प्रख्यात एकमात्र राष्ट्रिय प्रसारण केन्द्र रेडियो नेपालमा स्वर परीक्षा उत्तीर्ण गरि प्रमाणपत्र हात पारिसकेका छन् । उनले हालसम्म आफ्नो प्रस्तुतिमा विभिन्न क्यासेट कम्पनीहरु द्वारा ७ वटा लोकदोहोरी एल्बम जस्तै ः हातमा जाले रुमाल, पोखरामा बास,पाईन तिम्रो साथ, छोडपत्र, कसो गरुनि, गीतकुन्ज, साईली र एक आधुनिक गीतको संग्रह प्रवेश गरि ८ वटा गीति संग्रह बजारमा प्रस्तुत गरि सकेका छन । गायक भण्डारीले नेपालका धेरै चर्चित गायिकाहरु बिमाकुमारी दुरा, कोमल ओली, रेखा शाह, शर्मिला गुरुङ, लक्ष्मी न्यौपाने, अन्जु पन्त आदिसँगै गाइसकेका छन् । गायक भण्डारीले नेपालका अति प्रख्यात विशिष्ट कलाकार नारायण रायमाझीको लय सृजना्मा धेरै चर्चित गीत धौलागिरीमा सके गुन तिरौला नत्र फिरिमा र ट्याक्सी मोटर कार बोलको गीत गाएका छन् भने वरिष्ठ डाक्टर तथा प्रख्यात रचनाकार डा. भोला रिजालको शब्दमा पिरतीको हल्ला नामक दोहोरी गीत पनि गाएका छन । उक्त गीतको म्युजिक भिडियोमा चर्चित गायिका कोमल वलीसँग मोडल पनि बनेका छन् ।
देश बिदेशमा आयोजित मेला महोत्सवहरुमा धेरै दर्शक स्रोताहरुको अत्याधिक रोजाईमा परि निम्तो पाई आफ्ना गहकिला प्रस्तुतिका निम्ति पुग्ने गर्दछन । यसैक्रममा कलाकार माधव भण्डारी आफ्नो साङ्गितिक प्रस्तुतिका लागि दुबई, बहराईन, मलेसिया, हङकङदेखि अन्य अरेबियन देशमा पुगेका छन । गायक भण्डारीले विभिन्न कार्यक्रमहरु मा प्रस्तुति दिदा एक जना कलाकारले छिनमै लोक दोहोरी, छिन मै आधुनिक, छिन मै लोक पप धेरै धारका गीतहरु प्रस्तुत गर्दछन । जसका कारण गायक माधव भण्डारीको प्रस्तुतिबाट फरक–फरक धारका दर्शक स्रोताहरु सन्तुष्ट हुने गर्छन । गायकीमा धेरै चर्चा बटुलीसकेका भण्डारी केहि समय अगाडिदेखि काठमाडौंका केही सङ्गीत प्रशिक्षण केन्द्रमा प्रशिक्षकका रुपमा आबद्ध छन् भने पछिल्लो समय संगीत संयोजन (म्युजिक एरेन्ज) मा पनि ब्यस्त छन् ।
सङ्गीतका धेरै बिधामा दख्खल भएका भण्डारी यही क्षेत्रमा रमिरहन चाहन्छन् । गायक भण्डारी, लगभग दुई बर्ष अगाडि काठमाडौंमा मोटरसाईकल दुर्घटनामा परेर सख्त घाइते भएका थिए । उपचारका क्रममा स्वास्थ्यमा धेरै सुधार आएपछि केही समयपश्चात साङ्गितिक क्षेत्रमै पुर्णरुपमा फर्किएका छन् । अहिले एक आधुनिक अनि एक दोहोरी गीत आफ्नो आवाजमा रेकर्ड सम्पन्न गरि बजारमा पठाउने तयारीमा रहेको भण्डारी बताउँछन् । यो उमेरसम्म कहिले सुख कहिले दुख, कहिले हाँंसो कहिले रोदन, जीवनको अनेक भोगाइहरुसँगै निरन्तर आफ्नो कर्ममा अगाढि बढिरहेका गायक भण्डारी भन्छन–‘जीवनमा हाँसो, खुसी, दुख, सुख धेरै भोगे । अबको बाँकी समय संगीतमै रमाउदै बिताउन चाहान्छु ।’

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु