• गैर आवासीय नेपाली संघ अमेरिका राष्ट्रिय समन्वय परिषदको अध्यक्षमा सुनिल शाह निर्वाचित

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ६ जेष्ठ २०७६, सोमबार २१:१६

    गैर आवासीय नेपाली संघ (एनआरएनए)अमेरिका राष्ट्रिय समन्वय परिषदको अध्यक्षमा टेक्सास निवासी इन्जिनियर सुनिल शाह निर्वाचित भएका छन् । पेशाले इन्जिनियर रहेका शाहले आइतबार सम्पन्न मतगणनामा झन्डै दोब्बर मतले (३५७६ मत प्राप्त गरी) आफ्ना दुई प्रतिद्वन्दीलाई पराजित गरी संघको अध्यक्ष पदमा निर्वाचित भएका हुन् । आइतबार सम्पन्न मत गणना अनुसार शाहका प्रतिस्पर्धी सुर्य लम्सालले १९५२ मत प्राप्त गरेका थिए । मूल थलो नेपालको राजनीतिले प्रभावित संघको निर्वाचनमा मातृभूमि नेपालको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी समर्थक प्रवाशी मंचले काँग्रेस निकट शाह बिरुद्ध न्युयोर्क राज्यका संजाय थापाको नेतृत्वमा छुट्टै प्यानल सहितको उम्मेदवारी दिएको थियो । थापाले १८०८ मत प्राप्त गरे ।

    निर्वाचन मार्फत एनआरएनए अमेरिकाको नेतृत्व चुनिएको यो तेश्रो अवसर हो । झण्डै ९ हजार मतदाता रहेको निर्वाचनमा विभिन्न पदमा करीब २४० जना उम्मेदवारहरु प्रतिस्पर्धामा रहेको संघको यो निर्वाचनले मूल थलोको संसदीय निर्वाचनको जस्तै झल्को दिन्थ्यो । वरिष्ठ उपाध्यक्षमा डा. अर्जुन बन्जाडेले निर्वाचन जितेका छन् । कोषाध्यक्ष मा नेत्रवन्धु पोखरेल विजयी भयका छन। भने सह कोषाध्यक्षमा ड्यालसकै सन्तोष विष्ट विजयी भयका हुन ।

    निर्वाचन मार्फत एनआरएनए अमेरिकाको नेतृत्व चुनिएको यो तेश्रो अवसर हो । निर्वाचनमा ७ हजार ३ सय ५७ मत खसेको थियो ।जसमा विभिन्न पदमा करिब २४० जना उम्मेदवारहरूको प्रतिस्पर्धा रहेको थियो । ०१९/ २१ को लागि निर्वाचित भएका अन्य पदाधिकारीहरूमा बरिष्ठ उपाध्यक्ष डा अर्जुन बन्जाडे, उपाध्यक्ष सर्वज्ञ वाग्ले, बुद्धि सागर सुबेदी, बिआर लामा र कृष्णजिबी पन्त, महासचिव पशुपती राज पाण्डे, सचिव अमृतबाबु कट्टेल कोषाध्यक्ष नेत्र प्रसाद पोखरेल बन्धु, सहकोषाध्यक्ष सन्तोष कुमार बिस्ट,महिला संयोजक दीक्षा बस्नेत, युवा संयोजक बिनोद रुवाली रहेका छन् ।

    त्यसैगरी बोर्ड अफ डाइरेक्टरहरू अमर छन्त्याल, चित्रा कार्की, दुर्गा प्रसाद श्रेष्ठ बाल्टिमोर, धरम विश्वकर्मा, छत्र कुमारी गुरुङ, सत्य नारायण चौधरी, खिम बिक्रम भट्टराई,चेत प्रसाद पौडेल, जीवन कुमार जोशी, पदम बहादुर ठकुराठी, बासुदेव अधिकारी, तिलक केसी, शंकर खड्का, तृष्णा शर्मा, जेदुनाथ पोखरेल, शिबराज पौडेल, होमनाथ गौतम र स्वोराज खाती निर्वाचित भएका छन् ।

    त्यस्तै राज्यहरूको अध्यक्षमा म्यारिल्याण्ड डोलनाथ घिमिरे, टेक्सास राजेश अर्याल, न्युयोर्क रामहरी अधिकारी, म्यास्याच्युट्स प्रेम तामाङ, नर्थ क्यारोलिना कुलानन्द शर्मा, विन्स्कसन तुक प्रसाद रेग्मी बिजयी भएका छन् ।

    त्यस्तैगरि आईसिसि सदस्हरुमामा जेदु पोखरेल , शिबराज पौडेल, शंकर खड्का, तृष्णा शर्मा, स्वराज खाती र होमनाथ गौतम निर्वाचित भएका छन्।समचार जनसवाल डट कम मा छ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु