तेक्वान्दो खेलाडी रोमीले कोरियामा इन्टर्सिप कोर्स पूरा गर्दै

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ जेष्ठ ७ गते, मंगलवार ०९:१५

डिएन घिसिङ बिश्व तेक्वान्दो महासंघको खेलकुद व्यवस्थापन र प्रशासनमा इन्टर्न गर्न कोरियामा रहेकी तेक्वान्दो खेलाडी रोमि गीरीले कोर्स पूरा गर्दै स्वदेश फर्कने तयारीमा रहेको जनाएकी छिन। विश्व तेक्वान्दो महासंघको छात्रवृत्ति परियोजनामा अन्तर्गत उनले १बर्षको कोर्स अध्ययन गर्न पाएकी हुन।खेलकुद ब्यबस्थापन अन्तर्गत आधुनिक खेलकुद अवस्था र चुनौती, भौतिक पुर्बाधारको महत्व लगाएतका बिषयमा रहेर अध्यन गरेकी हुन।रोमिले कोरियामा रहेदा तेक्वान्दोको अन्तर्राष्ट्रिय मुख्यालयबाट प्रकाशित हुने एक महत्वपुर्ण पुस्तक सम्पादन टिममा समेत बसेर काम गरिसकेकी छिन। जुन नेपाली खेलकुद जगतको लागि निकै ठूलो अबसर रूपमा हेरिएको छ। जोरपाटी स्थायी निवासी रोमी एक बहुमुखी प्रतिभाशाली खेलाडी रूपमा स्थापित भैसकेका खेलाडी हुन।तेक्वान्दो खेलमा ब्ल्याक बेल्ट चौथो डान लिइसकेकी रोमिले संयुक्त राज्य अमेरिकाको नेपालस्थित दूतावासकी युथ काउन्सिल मेम्बर समेत लिएकी छिन।रोमिले नेपाली खेलकुद इतिहासमा खेलाडीको हैसियतमा राष्ट्रसंघको कार्यक्रममा सन २०१६ मा जेनेभा बिशिस्ट अन्तर्राष्ट्रिय ब्याक्तित्वमाझ गर्बिलो सम्बोधन गरेर वाही वाही कमाएकी थिए।संयुक्त राष्ट्रसंघका महासचिव बान कि मुन र अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका तत्कालीन अध्यक्ष थोमस बिच र ४० राष्ट्रका खेलकुदमन्त्रीको अगाडी मन्तव्य राख्नु ठुलो अवसर छँदै थियो अर्को तर्फ मुलुकको फरक पहिचान दिलाउनु नेपाल र नेपालीले गर्व गर्न लाएक मन्तव्य राखेर देशको शिर ठाडो पार्ने काम समेत उनले गरेपछी चौतर्फी चर्चाको शिखरमा रहेको थियो।निकै शालिन र प्रष्ट वक्ताको रूपमा चिनिएका रोमीको कोरियाको इन्टर्सिप कोर्शले मुलुकको खेलकुदको लागि निकै फलदायी हुनेमा खेलकुद बृतमा चर्चा हुने गरेको छ। बिशेष गरेर नेपाली खेलकुद ब्याबस्थापनको सुधार एब संभावना बारेमा काम गर्न रुचाएकी रोमिलाई नेपाली खेलकुदको मह्त्वपुर्ण भुमिकामा राज्यले जिम्मेवारी दिन सके नेपाली खेलकुदको स्तर उन्नति हुनेमा कुनै शंका रहने छैन।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु