दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

वर्ल्ड बुक अफ रेकर्ड्स, लन्डन द्वारा फ्लाईटेक इन्टर्नेशनललाई वर्ल्ड स्ट्यान्डराइजेसन सर्टिफिकेट प्रदान

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ जेष्ठ ७ गते, मंगलवार १४:२०

काठमाडौंको पुतलिसडकमा अवस्थित फ्लाइटेक इन्टरनेसनललाई वर्ल्ड बुक अफ रेकर्ड्स, लन्डनले पुरानो बानेश्वरको डाइनिङ पार्क रेस्टुरेन्टमा आयोजित एक कार्यक्रममा वर्ल्ड स्ट्यान्डराइजेसन सर्टिफिकेट प्रदान गरेको छ । वरिश्ठ समाजसेवी एवम उद्धमी इन्दिरा सापकोटा ज्युको प्रमुख आतिथ्यता, श्री सागर कट्वाल (अध्यक्ष, वर्ल्ड बुक अफ रेकर्ड्स, नेपाल) एवम विशिस्ट व्यक्तीहरुको समुपस्थितिमा सो कार्य सम्पन्न भएको छ ।

वर्ल्ड स्ट्यान्डराइजेसन सर्टिफिकेट, वर्ल्ड बुक अफ रेकर्ड्सको गुणस्तर मापन विभाग हो। कुनै पनि क्षेत्रमा विश्वस्तरिय सेवा-सुविधा दिइरहेको संस्थालाई मुल्याङ्कन पश्चात यो सर्टिफिकेट प्रदान गरिन्छ । वर्ल्ड बुक अफ रेकर्ड्स विश्वव्यापी रुपमा रेकर्डहरु प्रमानिकरण गर्ने अन्तरराष्ट्रिय संस्था हो । यसले बेलायत, अमेरिका , अष्ट्रेलिया , मोरिसस लगायत देशबाट आफ्नो गतिविधिहरु सन्चालन गर्दै आईरहेको छ । एसिया, अफ्रिका र युरोप भर विश्वव्यापी सन्जाल मार्फत वर्ल्ड बुक अफ रेकर्ड्सले एतिहासिक सम्पदाहरु तथा सान्स्कृतिक, सामाजिक, आर्थिक एवम सांगीतिक लगायतका क्षेत्रमा उल्लेख्य योग्दान पुर्‍याउनुहुने व्यक्ती तथा संस्थालाई सुचिक्रित तथा सम्मनित गर्दै आएको छ ।फ्लाइटेक इन्टरनेसनलले एअर होस्टेस ट्रेनिङ तथा रोजगार क्षेत्रमा गरेको उल्लेख्य योगदान एवम संस्था ब्यवस्थापनमा कार्यान्वयन गर्दै आएको अन्तरराष्ट्रिय गुणस्तर मापदन्डको आधारमा उक्त सर्टिफिकेट प्रदान गरिएको हो । कार्यक्रममा फ्लाइटेक इन्टरनेसनलका साथै इन्टरनेसनल ईन्स्टिच्युट अफ फेशन टेक्नोलोजी ( आइ आइ एफ टि ), ग्लोबल कलेज इन्टरनेसनल तथा बाबा इन्टरनेसनल कन्सल्टेन्सीलाई पनि सो सर्टिफिकेट प्रदान गरिएको छ । उक्त अवसरमा सम्पूर्ण संस्थाका संचालक एवम पदाधिकारीहरुलाई श्री बिरेन्द्र शर्मा (सांसद बेलायत), डा दिवाकर शुकुल (अध्यक्ष, वर्ल्ड बुक अफ रेकर्ड्स, लन्डन), श्री सन्तोष शुक्ला (अध्यक्ष, वर्ल्ड बुक अफ रेकर्ड्स), श्री सागर कट्वाल (अध्यक्ष, वर्ल्ड बुक अफ रेकर्ड्स, नेपाल) लगायत नेपाल र बेलायत का विशिष्ट व्यक्तिहरुले बधाई ज्ञापन गर्नु भएको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु