दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

आउटडोर एडभेन्चर सेन्टर नेपालको आयोजना मा ‘ओएसी माउन्टेन फेस्टिभल’ को दोस्रो संस्करण हुने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ जेष्ठ ७ गते, मंगलवार २२:३३

काठमाडौं, ७ जेष्ठ २०७६ । आउटडोर एडभेन्चर सेन्टर नेपालले आयोजना गर्ने ‘ओएसी माउन्टेन फेस्टिभल’ को दोस्रो संस्करण हुने भएको छ । उक्त कार्यक्रम यही जेष्ठ २० गते (३ जुन २०१९) ठमेलमा विभिन्न कार्यक्रमका साथ आयोजना गर्न लागिएको कार्यक्रम संयोजक सोनाम जाङ्बु शेर्पाले जानकारी दिनुभयो ।

‘बसन्त ऋतुमा लामो समय हिमाल र त्यस क्षेत्रमा खटी आरोहणलाई सफल पार्न भूमिका निर्वाह गर्ने शेर्पाहरु र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आरोहीहरुलाई स्वागत गर्ने हेतुले कार्यक्रम आयोजना गर्न लागेका हौं’ संयोजक शेर्पाले शिखरपोष्टसित भन्नुभयो ‘अहिले कार्यक्रमको तयारी तीब्र रुपमा अघि बढिरहेको छ ।’

उहाँकाअनुसार सो अवसरमा आरोहीहरुको खुसी तथा अनुभव साटासाट गराउने, आरोहणका क्रममा खिचिएका र लिइएका तस्वीर र भिडियोहरुको प्रदर्शनी, एडभेन्चर मुभी स्क्रिनिङ्ग, सांगीतिक कार्यक्रमका साथै पर्वतारोहणका क्षेत्रमा सफल व्यक्तित्वहरुलाई प्रकाशमा ल्याउने कार्यक्रम सञ्चालन गरिने छ । त्यसतै आरोहणका क्रममा प्रयोग गरिएका सामाग्रीहरु मायाको चिनोको रुपमा प्रदान गर्ने, लाइभ ब्यान्ड पफोर्मेन्स लगायतका कार्यक्रम पनि रहेको जानकारी उहाँले दिनुभयो ।

नेपालमा नयाँ प्रयोगको रुपमा सुरु गरिएको यो कार्यक्रमलाई नेपालको पर्वतीय पर्यटन प्रवद्र्धनको एउटा माध्यमको रुपमा लिन सकिन्छ

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु