बढ्दै गएको प्राज्ञिक विचलनलाई सन्तुलनमा ल्याउन सम्पदा अनुसन्धान सदनको शुभारम्भ तथा पुस्तक विमोचनसुष्मा र अस्मिता सेमिफाइनलमाच्याम्पियनसीप एमेच्योर सदभावलाई उपाधिनेपाल भलिबल संघ र केल्मीबीच तीन वर्षका लागि नयाँ सम्झौताराष्ट्रपति रनिङ सिल्डका लागि राष्ट्रपतिलाई निमन्त्रणाजनआन्दोलन दिवसको अवसरमा चैत २४ गते आजपाले विशाल जनप्रदर्शन गर्नेग्रील तथा स्टील ब्यवसायीहरुको फुटबल महासंग्राममा सानोभर्याङ ठुलोभर्याङ इकाई विजयीआज चैत १६ गते शुक्रबार, कस्तो छ तपाईको दिन ? हेर्नुहोस् ! राशिफलसंचारकर्मी रिजाल सक्रिय राजनीतिमामहिला, बालबालिकामन्त्री र फिनल्याण्डका राजदुतविच शिष्टाचार भेट

ठूलो पार्टी छोडेर जनमुक्ति पार्टीमा किन आए उनीहरु

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ जेष्ठ ७ गते, मंगलवार २२:५९

ठूलो पार्टी छोडेर जनमुक्ति पार्टीमा किन आए उनीहरु ?
काठमाडौं । राष्ट्रिय जनमुक्ति पार्टीले स्याङ्जामा १ सय १० भन्दा बढीलाई पार्टी प्रवेश गराएको छ । सोमबार हरिनास गाउँपालिकामा आयोजित पार्टी प्रवेश तथा अन्तरक्रियामा उनीहरुलाई केन्द्रीय नेताहरुले पार्टी प्रवेश गराएका हुन् ।
पार्टीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख मेखराज परियारले नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी र संघीय समाजवादी फोरमका नेता तथा कार्यकर्ताहरु प्रवेश गरेको बताएका छन् । उनीहरुलाई परियारसहित संघीय परिषद्का उपाध्यक्ष तथा गण्डकी प्रदेशका प्रमुख हस्तबहादुर किजिम मगरलगायतले स्वागत गरेका थिए । जनमुक्ति पार्टीले गण्डकीलाई आफ्नो विशेष क्षेत्र मानेको छ । यसअघि पनि पार्टीले काठमाडौंमा विभिन्न पार्टीका नेता तथा कार्यकर्तालाई पार्टी प्रवेश गराएको थियो । पार्टीले बहुदलीय लोकतान्त्रिक समाजवाद, जातीय जनसंख्याको आधारमा समानुपातिक प्रतिनिधित्व र पूर्ण समानुपातिक प्रणालीलाई आफ्नो मूल नारा बनाएको छ ।
पार्टीले भ्रष्टाचारविरुद्ध अभियान चलाउने निर्णयसमेत गरेको छ । २०४८ साल माघमा दर्ता भएको पार्टीको निर्वाचन चिन्ह घर रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु