• कम्युनिष्ट सरकारबाट लोकतान्त्रिक व्यवस्थाको खतरा – सांसद थापा

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ८ जेष्ठ २०७६, बुधबार १९:२८

    रामचन्द्र रायमाझी

    पाल्पा, जेठ ८÷नेपाली काँग्रेसका नेता, संघीय सांसद तथा पूर्व स्वास्थ्य मन्त्री गगन थापाले कम्युनिष्ट सरकारबाट लोकतान्त्रिक व्यवस्थाको खतरा रहेको बताएका छन् । मंगलबार नेपाल महिला संघ पाल्पाले तानसेनमा आयोजना गरेको राष्ट्रिय जागरण सभालाई सम्बोधन गर्दै सांसद थापाले संघीय लोकतान्त्रिक व्यवस्था माथि सबैभन्दा बढी खतरा वर्तमान कम्युनिष्ट सरकारबाट भएको बताएका हुन् । उनले संघीय लोकतान्त्रिक व्यवस्थालाई सिके राउत, पूर्व राजा ज्ञानेन्द्र शाह र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबाट खतरा रहेको चर्चा हुने गरे पनि सबैभन्दा बढी खतरा दुई तिहाई बहुमतको सरकारबाटै रहेको दाबी गरे । नेता थापाले अमेरिका, फिलिपिन्सलगायतका मुलुकहरुमा पनि निर्वाचित राष्ट्रपतिबाटै लोकतन्त्रमाथि खतरा रहेको विभिन्न अध्ययन अनुसन्धानले देखाएको दाबी गर्दै नेपालमा पनि त्यसको अंशको रुपमा त्यो कुरा देखिएको तर्क गरे ।उनले केही दिन अघि प्रधानमन्त्री केपी शर्मा ओलीले एक कार्यक्रममा संघीय व्यवस्था मान्दिन भन्नुले पनि संघीय लोकतान्त्रिक व्यवस्था दुर्घटना तर्फ उन्मुख रहेको प्रष्टै भएको बताए । सासंद थापाले भने, ‘सरकारको वर्तमान गतिविधिले व्यवस्था मात्र होइन, सविधान पनि दुर्घटनामा पर्छ ।’ उनले यो व्यवस्थालाई जोगाउने दायित्व काँग्रेसको रहेको बताए । नेता थापाले हारको मानसिकता बोकेर कांग्रेस अघि बढन नसक्ने पनि स्पष्ट पारे । उनले कांग्रेसको नेतृत्वमा संविधान जारी भएको, निर्वाचन सम्पन्न भएको भन्दै अब संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गरेर अघि बढ्ने दायित्व पनि कांग्रेसकै भएको धारणा व्यक्त गरे । सरकारले नेपाल मिडिया काउन्सिल विधेयक ससंदमा दर्ता गराएर प्रेस स्वतन्त्रता अभिव्यक्तिमा अंकुस लगाउन खोजेकाले विधेयक संसदमा मात्र ल्याएर देखाउन नेता थापाले प्रधानमन्त्रीलाई चेतावनी दिए । उनले भने ,‘लोकतान्त्रिक व्यवस्थामा पनि स्वतन्त्र रुपमा लेख्न, बोल्न र हिड्न नपाउने,यस्तो कुन व्यवस्था हो ,जुन राजामहाराजा,राणाकालिन समयमा पनि यस्तो हुँदैनथ्यो ।’ प्रधानमन्त्री जनता प्रति अनुदार भएकाले अब कुनै हालतमा पनि काँग्रेस चुप लागर नबस्ने नेता थापाले चेतावनी दिए । उनले प्रधानमन्त्री ओली प्रति लक्षित गर्दै अब कसरी कलम रोकिन्छ ,कसरी मुख बन्द हुन्छ हेर्दै जानुहोस् त्यसका लागि काँग्रेस ज्युदै रहेकाले चुप लागेर नबस्ने बताए । कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा अभियानका पाल्पा प्रतिनिधि बालकृष्ण पाण्डेले सरकारले गरेका गलत काम–कारवाहीलाई जनता माझ लैजान र पार्टीलाई थप सुदृढीकरण गरी बलियो बनाउन देशै भर जागरण अभियान सुरु गरिएको जानकारी दिए । सबै जिल्ला, क्षेत्र, गाउँरनगर, वडा र टोलसम्म सञ्चालन हुने जागरण अभियान २०७६ सालभर तीन चरणमा सकिने प्रतिनिधि पाण्डेले बताए । सदस्य पाण्डेले पार्टीमा गुट उपगुट नभनि एक जुट भएर अभियानमा लाग्न जिल्लाका नेता कार्यकर्ताहरुलाई आग्रह गरे । उनले भने,‘अभियानले काँग्रेसलाई सशक्त बनाई देशमा नयाँ रक्तसञ्चार गर्ने छ । अभियान मार्फत पार्टीको नीति, कार्यक्रम र संशोधित विधान बारे छलफल गर्ने उद्देश्य पनि काँग्रेसले राखेको सदस्य पाण्डेले बताए । नेपाल महिला संघकी केन्द्रिय सदस्य सुमित्रा शर्माले काँग्रेसले गरेका कामहरुको समिक्षा गर्नुपर्ने बताईन् । उनले आफुले गरेका कामहरुको जनता समक्ष पु¥याउन नसक्दा निर्वाचनमा हार व्यहोर्नुपरेको भन्दै अब समिक्षा गरेर जानुपर्ने धारणा व्यक्त गरिन । कार्यक्रममा नेकपा पार्टी भित्र असन्तुष्ट भएका युवाहरु काँग्रेसमा प्रवेश गरेका छन् । उनीहरुलाई प्रमुख अतिथि सासद थापा, नेपाली काँग्रेसका जिल्ला सभापति तथा प्रदेश सांसद वीरबहादुर रानाले सदस्यता वितरण गरेका हुन् । कार्यक्रम संघकी उपाध्यक्ष मिना पन्थीको स्वागत, अध्यक्ष गंगा पौडेलको अध्यक्षता र सचिव सुनिता अधिकारीको सञ्चालनमा भएको थियो । कार्यक्रममा गाउँ गाउँबाट सयौंको सहभागिता रहेको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु