दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

भारतमा लोकसभा चुनावको मतगणना जारी छ भारतीय जनता पार्टी अगाडि

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ जेष्ठ ९ गते, बिहीबार १६:२७

काठमाडौं, ९ जेठ । भारतमा लोकसभा चुनावको मतगणना जारी छ । मतगणना जारी रहँदा भारतीय जनता पार्टी निकै अगाडि देखिएको छ । त्यस्तै भारतीय कंग्रेस भने कमजोर देखिएको छ ।

जारी मतगणनामा भाजपा नेतृत्वको राष्ट्रिय गणतान्त्रिक गठबन्धन (एनडीए) ३०० भन्दा बढी सिटमा अगाडि रहेको छ । बीजेपी एक्लै २८० भन्दा बढी सिटमा अगाडि रहेको छ ।

कांग्रेस नेतृत्वको संयुक्त प्रगतिशील गठबन्धन (यूपीए) १०० आसपास सिटमा अगाडि रहेको छ भने अन्य दल १०० भन्दा बढी सिटमा अगाडि रहेका छन् । ५४३ सिट रहेको भारतीय लोकसभामा सरकार बनाउन २७२ सिट आवश्यक पर्छ ।

उत्तर प्रदेशको वाराणासीबाट चुनावी मैदानमा उत्रिएका मोदी मतगणना जारी रहँदा चार लाख ७६ हजार ९६३ मतका साथ अग्रस्थानमा छन् । दोस्रो नम्बरमा समाजवादी पार्टीकी शालिनी यादव छिन् । उनले एक लाख ४५ हजार ११ मत प्राप्त गरेकी छिन् ।

भाजपाको जित नजिकिँदै गर्दा प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमा ट्वीट गर्दै फेरि एकपटक भारतको जित भएको बताएका छन् । ‘सबैको साथ + सबैको विकास + सबैको विश्वास = विजयी भारत’, प्रधानमन्त्री मोदीले ट्वीट गरेका छन् । यो सँगै मोदीले भाजपालाई सहयोग गर्ने सबैलाई बधाई पनि दिएका छन् ।समचार जनसवाल डट कम बाट

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु