तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

अर्घाखाँची आवसीय माध्यमिक विद्यालयमा बम फेला

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ जेष्ठ १३ गते, सोमबार ८:५३

जेठ १३ काठमाडौ
अर्घाखाँचीको सन्धिखर्कमा रहेको अर्घाखाँची आवसीय माध्यमिक विद्यालयमा बम फेला परेको छ । सनिधखर्क २ चुत्राबेसीको बेलबाटीकामा रहेको अर्घाखाँची आवसीय माविलाइ बाहिरबाट तारवार गरेको पिल्लरमा झुण्डाइएको अवस्थामा बम फेला परेको हो ।

आजको बन्दलाई लक्षित गरेर विप्लप समुहले उक्त बम राखेको हुन सक्ने आशंका गरिएको छ । बमलाई डिस्पोजल गर्ने तयारी भइरहेको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीका प्रमुख नवराज मल्लले बताए ।

यसैबीच मोरङमा फेला परेको प्रेसर कुकर बम सेनाको टोलीले निष्कृय पारेको छ । मोरङको सुन्दरहरैचा-७ ठडिया चोक नजिकै प्रेसर कुकर बम फेला परेको थियो । त्यस्तै बाग्लुङको बाग्लुङ नगरपालिका–२ कुडुलेचोक नजिकै पनि शंकास्पद वस्तु फेला परेको बताइएको छ । (लालखबर डट कम बाट)

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु